एसिया कप २०२३

सन् २०२३ को एसिया कप कतारमा हुने

दोहा । कतार विश्वकप २०२२ को आयोजक कतारले सन् २०२३ को एसिया कप पनि आयोजना अधिकार पाएको छ । 

यससँगै कतारले आठ महिनाको अन्तरमा दुई ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने भएको छ । सन् २०२३ को एसिया कप चीनले आयोजना गर्ने निर्धारण भए पनि कोभिड १९ संक्रमणको बढ्दो क्रमसँगै चीनले यसै वर्षका लागि तय प्रतियोगिता आयोजना गर्न नसक्ने जनाएको थियो ।

कतारले नोभेम्बर २० बाट विश्व फुटबलको महाकुम्भ आयोजना गर्र्दैछ । एसिया कप जुन १६ देखी जुलाई २०२३ सम्म आयोजना हुनेछ ।

यससँगै एसिया कपको साविकको विजेता कतारसामु घरेलु मैदानमै सो उपाधि रक्षा लक्ष्यलाई सार्थक पार्ने अवसर समेत जुरेको छ । कतारले सन् २०१९ मा युएईमा सम्पन्न एसिया कप २०१९ को उपाधि जितेको थियो । प्रतियोगितामा २४ राष्ट्रको सहभागिता रहनेछ ।