नवौं राष्ट्रिय खेलकुद

पदक तालिकामा आर्मीको वर्चश्व कायमै

पोखरा । नवौं राष्ट्रिय खेलकुदमा त्रिभुवन आर्मी क्लबले पदक तालिकामा आफ्नो अग्रता कयम गरेको छ ।

आर्मी ६७ स्वर्ण, ४९ रजत र २९ कास्य पदकसहित तालिकाको शीर्ष स्थानमा छ । दोस्रो स्थानको नेपाल पुलिस क्लबे २९ स्वर्ण , १९ रजत र २८ कास्य पदक जितेको छ भने तेस्रो स्थानको एपिएफले १९ स्वर्ण १८ रजत र ३९ कास्य पदक जितेको छ । 

चौथो स्थानको बाग्मती प्रदेशले १५ स्वर्ण, २१ रजत र २५ कास्य पदक जितेको छ भने पाँचौ स्थानको गण्डकी प्रदेशले १० स्वर्ण, १० रजत र १८ कास्य पदक जितेको छ । 

६ स्वर्ण, सात रजत र ४ कास्य पदकसहित एनआरएन छैटौ स्थानमा रहँदा लुम्बिनी ४ स्वर्ण, १० रजत र १० कास्य पदकसहित सातौ,४ स्वर्ण,८ रजत र २५ कास्य पदकसहित प्रदेश एक आठौं स्थानमा छ ।

मधेश प्रदेश ४ स्वर्ण, ८ रजत र २५ कास्य पदकसहित तालिकाको नवौं स्थानमा छ भने १० औं स्थानको सुदुरपश्चिमले २ स्वर्ण, २ रजत र ११ कास्य पदक जितेको छ । ११औं स्थानको कर्णालीले १ स्वर्ण,१ रजत र ४ कास्य पदक जितेको छ ।