एपिएफ फुटबल क्लब

एपिएफ पुरुष फुटबलको सेमीफाइनलमा

पोखरा । सशस्त्र प्रहरी बलको एपिएफ क्लब नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलको सेमीफाइनलमा पुगेको छ । सोमबार दिउँसो भएको समूह बीअन्तर्गतको खेलमा एपीएफले बागमती प्रदेशलाई ३–१ गोलको नतिजामा पराजित गर्यो । हारसँगै उपाधि दाबेदार मानिएको बागमती समूह चरणबाटै बाहिरिएको छ ।

पोखराको लामाचौरस्थित गोस्तेघाट खेल मैदानमा अग्रता जोगाउन नसक्दा पराजय बेहोर्नु पर्यो । पहिलो हाफको इञ्जुरी समयमा अभिषेक रिजालले गोल गर्दै बागमतीलाई अग्रता दिलाएका थिए 

दोस्रो हाफमा आक्रामक शैलीमा उत्रिएको एपिएफले ६५औं मिनेटमा प्रदीप लामाको गोलबाट खेलमा बराबरी गरेको थियो । त्यसको ११ मिनेटपछि नवीन लामाले गोल गर्दै विभागीय टिमलाई अग्रता दिलाए । इन्जुरी समयमा नवीनले गरेको व्यक्तिगत दोस्रो गोलसँगै एपिएफले ३-१ को जित सुनिश्चित गर्यो ।