फ्रेन्च लिग वान

नेइमारको गोलमा पिएसजीको जित

पेरिस । नेइमारको निर्णायक गोलमा पेरिस सेन्ट जर्मन (पिएसजी)ले आइबार राति फ्रेन्च लिग वानमा मार्सेलीलाई १–० ले हराउँदै शीर्ष स्थान कायम गरेको छ ।

१० खेलाडीमा सिमित मार्सेललाई हराउन पिएसजीका लागि नेइमारले पहिलो हाफको इन्जुरी समयमा गरेको गोल पर्याप्त बन्यो । 

७२औं मिनेटमा स्यामुयद गिगो रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि मार्सेलीले १० खेलाडीमा सीमि हुँदै खेलको अन्त्य गरेको थियो । 

पिएसजीका स्ट्राइकर लियोनल मेसी चोटमुक्त हुँदै मैदान फर्किए पनि मार्सेलीविरुद्ध गोल भने गर्न सकेनन् ।

पिएसजी ११ खेलबाट २९ अंकसहित शीर्षस्थानमा छ ।  मार्सेली भने समान खेलबाट २३ अंक सहित चौथो स्थानमा छ । 

फ्रेन्च लिगमा पिएसजीले आफ्नो अपराजित यात्रा २० खेल सम्म पुर्याएको छ । यसअघि पिएसजी सन् २०१८ मे देखी जनवरी २०१९ सम्म लिगका २१ खेलमा अपराजित रहेको थियो ।