इङ्लिस प्रिमियर लिग

मेरो व्यवहार रातो कार्डका लागि हकदार थियोः क्लोप

लन्डन । लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले आइतबार इङलिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीविरुद्ध १-० को जित निकालेको खेलमा आफ्नो व्यवहार स्वभाविक नभए पनि अफिसियलले गरेको निर्णय भने गतिलो नभएको प्रतिक्रिया दिएका छन् । 

मोहम्मद सलाहको गोलमा लिभरपुलले जारी सिजन सिटीको अपराजित यात्रामा पूर्णविराम लगाएको थियो ।

सिटीले फिल फोडिनको गोलमा अग्रता लिएको थियो । तर भिएआरले अफसाइड भएको भन्दै सो गोललाई मान्यता दिएन । जसका कारण सिटीका प्रशिक्षक पेप ग्वार्डिओला पनि रेफ्री एन्थोनी टेलरप्रति आक्रोशित बनेका थिए ।

खेल सकिन पाँच मिनेट बाँकी रहँदा टेलरले क्लोपलाई रातो कार्डको दर्शन गराएका थिए ।

‘हो मैले अवस्वभाविक व्यवहार देखाएकै हो, जसका कारण म रातो कार्डको हकदार हुँ तर खेलअबधी भर टेलर र उनको टोलीले दिएको निर्णय सही थिएन;, क्लोपले भने ।’

सिटी १० खेलमा २३ अंकसहित दोस्रो स्थानमा छ । जुन शीर्ष स्थानको आर्सनल भन्दा चार अंक कम हो । तेस्रो स्थानको टोटनहमको पनि समान २३ अंक छ । लिभरपुल भने नौ खेलमा १३ अंकसहित आठौं स्थानमा छ ।