सावित्रा भन्डारी

एपिएफको जितमा सावित्राको ६ गोल

वालिङ । सावित्रा भण्डारीको ६ गोलप्रेरित सशस्त्र प्रहरी बलको एपिएफ क्लबले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबलमा शुक्रबार प्रदेश नम्बर १ लाई ७–१ गोलको नतिजामा पराजित गरेको छ ।

स्याङ्जाको वालिङमा भएको खेलमा सावित्राले एपिएफकालागि २२, ४०, ४५, ५१, ५६ र ६५औं मिनेटमा गोल गरिन् । यस्तै अनिता केसीले एपिएफका ६०औं मिनेटमा थप एक गोल गरेकी थिइन् ।

सावित्राको पहिलो गोलबाट अग्रता लिएको एपिएफले २४औं मिनेटमा अग्रता गुमाएको थियो । प्रदेश नम्बर १ का लागि २४औं मिनेटमा अन्जना थुलुङ राईले एक मात्र गोल गरिन् ।

शुक्रबार नै भएको पहिलो खेलमा गण्डकीले कर्णाली प्रदेशलाई ३–० को नतिजामा पराजित गरेको थियो ।