माघ १८, २०८२ आइतबार | १०:३७:५०
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

ह्यान्डबल: आर्मीका दुवै टिम फाइनलमा

पोखरा । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र स्थानीय टिम गण्डकी प्रदेशले नवौं वृहत राष्ट्रिय खेलुकद अन्तर्गत पुरुष ह्यान्डबलमा कम्तिमा रजत पदक पक्का गरेका छन् ।

शुक्रबार पोखरा रंगशाला परिसरमा रहेको कभर्डहलमा सम्पन्न सेमिफाइनलमा घरेलु टोली गण्डकीले लुम्बिनी प्रदेशमाथि ५४–२१ को फराकिलो अन्तरमा जित हासिल गर्यो ।

गण्डकीको फाइनलयात्रामा चन्द्र थापाको सबभन्दा धेरै योगदान रहयो । उनले एक्लै १८ गोल गरेका थिए ।

गण्डकीले फाइनलमा विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लबसँग स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछ ।

आर्मीले शुक्रबारै भएको दोस्रो सेमिफाइनलमा विभागीय प्रतिद्वन्द्वी सशस्त्र प्रहरी बलको एपिएफमाथि २७–२२ को जित हासिल गरेको थियो ।

दोस्रो सेमिफाइनलमा पराजित टोलीका लागि सन्दीप कार्कीले एक्लै सात गोल गरे पनि त्यो सान्त्वनामा सीमित भयो । सेमिफाइनलमा पराजित दुई टोली लुम्बिनी र एपिएफले कांस्य पदकका लागि शनिबार प्लेअफमा प्रतिस्पर्धा गर्नेछन् ।

महिलातर्फ फाइनलमा दुई विभागीय टोली आर्मी र एपिएफबीच प्रतिस्पर्धा हुनेछ । शुक्रबारको सेमिफाइनलमा एपिएफले प्रदेश एक तथा आर्मीले गण्डकीमाथि जित हासिल गर्दै कम्तिमा रजत पदक पक्का गरेका थिए ।

पहिलो सेमिफाइनलमा एपिएफले २९–६ को प्रभावशाली जित हासिल गर्दा उमा राई एक्लैले सात गोल गरिन ।

त्यस्तै अर्को सेमिफाइनलमा आर्मीले घरेलु टोली गण्डकीमाथि २४–९ को जित हासिल गर्यो । आर्मीको जितमा कल्पना थापाले सर्वाधिक सात गोल गरेकी थिइन ।

सेमिफाइनलमा पराजित गण्डकी र प्रदेश एकले कांस्य पदकका लागि प्रतिस्पर्धा गर्दा आर्मी र एपिएफले स्वर्ण पदकका लागि एकअर्काको सामना गर्नेछन् । दुवै खेल शनिबार हुनेछ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।