चैत्र १२, २०८२ बिहीबार | २०:१५:४२
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

ह्यान्डबल: आर्मीका दुवै टिम फाइनलमा

पोखरा । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र स्थानीय टिम गण्डकी प्रदेशले नवौं वृहत राष्ट्रिय खेलुकद अन्तर्गत पुरुष ह्यान्डबलमा कम्तिमा रजत पदक पक्का गरेका छन् ।

शुक्रबार पोखरा रंगशाला परिसरमा रहेको कभर्डहलमा सम्पन्न सेमिफाइनलमा घरेलु टोली गण्डकीले लुम्बिनी प्रदेशमाथि ५४–२१ को फराकिलो अन्तरमा जित हासिल गर्यो ।

गण्डकीको फाइनलयात्रामा चन्द्र थापाको सबभन्दा धेरै योगदान रहयो । उनले एक्लै १८ गोल गरेका थिए ।

गण्डकीले फाइनलमा विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लबसँग स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछ ।

आर्मीले शुक्रबारै भएको दोस्रो सेमिफाइनलमा विभागीय प्रतिद्वन्द्वी सशस्त्र प्रहरी बलको एपिएफमाथि २७–२२ को जित हासिल गरेको थियो ।

दोस्रो सेमिफाइनलमा पराजित टोलीका लागि सन्दीप कार्कीले एक्लै सात गोल गरे पनि त्यो सान्त्वनामा सीमित भयो । सेमिफाइनलमा पराजित दुई टोली लुम्बिनी र एपिएफले कांस्य पदकका लागि शनिबार प्लेअफमा प्रतिस्पर्धा गर्नेछन् ।

महिलातर्फ फाइनलमा दुई विभागीय टोली आर्मी र एपिएफबीच प्रतिस्पर्धा हुनेछ । शुक्रबारको सेमिफाइनलमा एपिएफले प्रदेश एक तथा आर्मीले गण्डकीमाथि जित हासिल गर्दै कम्तिमा रजत पदक पक्का गरेका थिए ।

पहिलो सेमिफाइनलमा एपिएफले २९–६ को प्रभावशाली जित हासिल गर्दा उमा राई एक्लैले सात गोल गरिन ।

त्यस्तै अर्को सेमिफाइनलमा आर्मीले घरेलु टोली गण्डकीमाथि २४–९ को जित हासिल गर्यो । आर्मीको जितमा कल्पना थापाले सर्वाधिक सात गोल गरेकी थिइन ।

सेमिफाइनलमा पराजित गण्डकी र प्रदेश एकले कांस्य पदकका लागि प्रतिस्पर्धा गर्दा आर्मी र एपिएफले स्वर्ण पदकका लागि एकअर्काको सामना गर्नेछन् । दुवै खेल शनिबार हुनेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो