आशिष राई

युवा मिडफिल्डर आशिष केरलाको क्लबसँग अनुबन्धित

काठमाडौं । नेपाली युवा मिडफिल्डर आशिष राईले केरला प्रिमियर लिगको क्लब डन बस्को एफएसँग सम्झौता गरेका छन् । नेपाली यु २० टिमका नियमित सदस्य तथा राष्ट्रिय टिममा समेत परिसकेका आशिषले च्यासल युथ क्लबबाट सहिद स्मारक ए डिभिजन लिग खेलेकाा थिए ।

यस्तै, गत महिना बहराइनमा भएको एएफसी यु २० एसियन कप छनोटको टिममा उनी नियमित सदस्य थिए । यस्तै, अक्टोबरमा भएको यु २० साफ च्याम्पियनसिपमा पनि उनी नेपाली टिमका महत्त्वपूर्ण सदस्य थिए ।

गत वर्ष नेपाली यु २३ टिमका डिफेन्डर अभिषेक लिम्बुले पनि सोही क्लबबाट खेलेका थिए । यस्तै महिला खेलाडी दीपा न्यापानेले पनि सोही टिमको महिला क्लबबाट खेलेकी थिइन् ।