चैत्र १, २०८२ आइतबार | १४:२६:१०
मुम्बई नयाँ सिजनका लागि तयार बन्द प्रशिक्षणमा ४९ खेलाडीलाई बोलाइयो बायर्नले टार्‍यो हार बार्सिलोनासँग अग्रता घटाउँदै रियाल मड्रिड सिटी रोकियो, चेल्सी पराजित अञ्जनको गोलमा श्री भगवतीविरुद्ध हारबाट जोगियो एनआरटी सन्तोषी र निर्मलालाई पिंक केयराथनको उपाधि हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट तन्डुकर सम्मानित सोनुको अलराउण्ड प्रदर्शनमा काठमाडौं फाइनल नजिक जन जागृतिलाई पहिलो अंक, सातदोबाटो सातौं खेलमा जितविहीन मुम्बई नयाँ सिजनका लागि तयार बन्द प्रशिक्षणमा ४९ खेलाडीलाई बोलाइयो बायर्नले टार्‍यो हार बार्सिलोनासँग अग्रता घटाउँदै रियाल मड्रिड सिटी रोकियो, चेल्सी पराजित अञ्जनको गोलमा श्री भगवतीविरुद्ध हारबाट जोगियो एनआरटी सन्तोषी र निर्मलालाई पिंक केयराथनको उपाधि हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट तन्डुकर सम्मानित सोनुको अलराउण्ड प्रदर्शनमा काठमाडौं फाइनल नजिक जन जागृतिलाई पहिलो अंक, सातदोबाटो सातौं खेलमा जितविहीन

खेल चिनेको तीन महिनामा जितेको पदकबाट प्राप्त खुसी

  • प्रदीप पाठक

पोखरा । जलेन्द्रबहादुर शाहीलाई पोखरामा जारी नवौं वृहत राष्टिय खेलकुद अन्तर्गत फेन्सिङमा आफूले स्वर्ण जितेको भन्दा आफ्ना खेलाडीले पहिलो सहभागीतामा कांस्य पदक जितेकोमा बढि खुशी दिएको छ ।

कैलाली जिल्ला फेन्सिङ संघका अध्यक्ष हुन उनी । तथापि खेलाडीको अभावमा उनी आफै तरबार बोकेर र्याम्पमा उत्रिन्छन् । प्रशिक्षकको भूमिका पनि उनी आफैले निर्वाह गरेका छन् ।

नवौं राष्ट्रिय खेलुकदका लागि तीन महिना अघि मात्रै घर घरबाट खोजेर ल्याएका खेलाडीबाट टिम बनाएका थिए । केन्द्रमै पर्याप्त खेल सामाग्री नहुँदा सुदूरपश्चिमका खेलाडीले पाउने कुरा कल्पनाबाहिरको विषय थियो । तर, शाहीका चेलाचेलीहरुले फेन्सिङ खेलको नाम सुनेको तीन महिनामा अत्यावश्यक हतियारविना अभ्यास गरेर पनि राष्ट्रिय खेलकुदमा पदक जितेका छन् । यसकारण उनी बढि खुसी यो उपलब्धिमा भएका हुन् ।

प्रशाषक र प्रशिक्षकको भूमिकामा व्यस्त भए पनि त्रिभुवन आर्मी क्लबका पूर्व खेलाडी शाहीले यसपाली पोखरा रंगशालास्थित ब्याड्मिन्टन हलमा शुक्रबार सम्पन्न भएको फेन्सिङ प्रतियोगितामा पूर्व क्लब त्रिभुवन आर्मी क्लबका खेलाडीलाई हराउँदै आफै स्वर्ण पदक जिते । उनले व्यक्तिगत फोइलमा स्वर्ण पदक जितेका थिए । तर, शाहीलाई आफ्नो पदकले भन्दा आफूले तयार गरेका खेलाडीले जितेको कांस्य पदकमा बढि सन्तुष्टि थियो ।

नवौं राष्ट्रिय खेलुकदका लागि तीन महिना अघि मात्रै घर घरबाट खोजेर ल्याएका खेलाडीबाट टिम बनाएका थिए । केन्द्रमै पर्याप्त खेल सामाग्री नहुँदा सुदूरपश्चिमका खेलाडीले पाउने कुरा कल्पनाबाहिरको विषय थियो । तर, शाहीका चेलाचेलीहरुले फेन्सिङ खेलको नाम सुनेको तीन महिनामा अत्यावश्यक हतियारविना अभ्यास गरेर पनि राष्ट्रिय खेलकुदमा पदक जितेका छन् । यसकारण उनी बढि खुसी यो उपलब्धिमा भएका हुन् ।

सुदूरपश्चिम प्रदेशका खेलाडी यसपाली खेल बुझ्नका लागि मात्र सहभागी भएका थिए । तर गुरुले स्वर्ण जितेर दिएको हौसलामा तीन जना खेलाडीले थप तीन कांस्य पदक जितेर सबैलाई अचम्मित पारे ।

आठौं राष्ट्रिय खेलकुदमा सुदूरपश्चिम प्रदेशले फेन्सिङमा सहभागीता जनाएको थिएन् । जलेन्द्रलाई आफू र आफ्ना खेलाडीले पदक जित्दा जति खुशी लागेको छ, सुदूरपश्चिममा सरोकारवालाले फेन्सिङलाई हेर्ने नजरका कारण त्यही नै दुःख पनि दिएको छ ।

‘म सुदुरपश्चिमको प्रतिनिधित्व गर्छु भन्दा गर्व लाग्छ । अझ आफ्नो प्रदेशका लागि राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जित्नु त एउटा खेलाडीको सपना हुन्छ । त्यो सपना पूरा पनि भएको छ,’ शाहीले दुःखेसो गरे, ‘तर अहिले भने प्रदेश सरकार, प्रदेश खेलकुद परिषद र जिल्ला खेलकुद संघले गरेको व्यवहारले आफ्नै प्रदेशको भएर  पनि पराई हुँ की भन्ने भान हुन थालेको छ ।’

सात वर्ष फेन्सिङमा बिताउने क्रममा यसअघि त्रिभुवन आर्मी क्लबबाट विभिन्न राष्ट्रिय स्तरका प्रतियोगितामा स्वर्ण पदक जितिसकेका गत बैशाखमा सेनाको जागिरबाट अवकास भएपछि उनले आफ्नै प्रदेशबाट राम्रा फेन्सर उत्पादन गर्ने उद्देश्यका साथ धनगढीमा प्रशिक्षण सुरु गरेका थिए ।

‘सुरुमा लठ्ठीको सहयोगमा सामान्य कपडाहरुको पोशाक बनाएर सिकाएँ । खेलको नियम र खेल्ने तरिका पनि विस्तारै सिकाएँ,’ शाही विगत सम्झदैं भन्छन्, ‘कसैले पनि केही सहयोग गरेनन् । सहयोग माग्दा उल्टै अपहेलना पाएँ । तर मैले हार मानिन् । खेलाडीहरुलाई तीन महिनादेखि सिकाइरहेको छु । धेरै खेलाडीहरुले राम्रो पनि खेलिरहेका छन् ।’

देशकै लागि नौलो खेल फेन्सिङबारे सुदूरपश्चिममा कुनै जानकारी थिएन । नामै नसुनेको खेलका खेलाडी हुने सम्भावना थिएन । खेल्ने ठाउँ र खेल सामाग्री पनि थिएनन् । तैपनि शाहीले हार मानेनन् । सबभन्दा पहिला खेलका लागि खेलाडी हुनुपर्छ भनेर खेलाडी खोज्न धेरैका घर दैलो चाहारे । अनुरोध गरे । खेलको बारेमा सिकाए । बल्ल खेलाडीहरु तयार भए ।

‘सुरुमा लठ्ठीको सहयोगमा सामान्य कपडाहरुको पोशाक बनाएर सिकाएँ । खेलको नियम र खेल्ने तरिका पनि विस्तारै सिकाएँ,’ शाही विगत सम्झदैं भन्छन्, ‘कसैले पनि केही सहयोग गरेनन् । सहयोग माग्दा उल्टै अपहेलना पाएँ । तर मैले हार मानिन् । खेलाडीहरुलाई तीन महिनादेखि सिकाइरहेको छु । धेरै खेलाडीहरुले राम्रो पनि खेलिरहेका छन् ।’

सुदुरपश्चिममा फेन्सिङको प्रशिक्ष सुरु गर्दा उनको अठोट थियो, ‘आफ्नो अनुभव त्यहाँका युवामा साट्न पाए राष्ट्रिय स्तरमा सधै कमजोर उपस्थिती जनाउँदै आएको सुदुरपश्चिमले पनि राष्ट्रिय खेलकुदमा दरिलो उपस्थिति जनाउने छ ।’

तर उनको योजनालाई असफल पार्न जिम्मेवारहरुले नै ‘चिम्टाको खेल’ भन्दै खिसीट्युरी गर्न थाले । तर उनलाई त्यसले हतोत्साही बनाउन सकेन । निरन्तर आफ्नो लक्ष्य प्राप्तिका लागि मेहनत जारी राखे । त्यसैको फल हो, नवौं राष्ट्रिय खेलकुदमा सुदूरपश्चिमले पनि फेन्सिङकै बलमा पदक तालिकामा एक स्वर्ण र तीन कांस्य पदक जित्दै दरिलो उपस्थिति जनाइसकेको छ ।

स्रोत साधन र खेल पूवर्धारका साथै सम्बन्धित निकायको समेत वेवास्ताका कारण तयारी गतिलो हुन नसकेको जलेन्द्र बताउँछन् । तर आफूहरुको गर्न सक्छौ भन्ने आत्मबलले नै आज अनपेक्षित सफलता निकालेकोमा उनी गौरवान्वित छन् । राम्रो पूर्वाधार, खेल सामाग्री र नियमित प्रशिक्षणको व्यवस्था भए अझै राम्रो नतिजा ल्याउने उनको विश्वास छ ।

‘६ टोली सहभागी प्रतियोगितामा हामी एक स्वर्ण र दुई कांस्य पदक सहित चौथो स्थानमा रह्यौं । यो सुरुआत मात्र हो । हामी यो प्रशिक्षणलाई निरन्तरता दिन्छौं र अझ सफलताका लागि मिहनेत जारी राख्छौं । यो अभियान रोकिने छैन । म सुदूरपश्चिमलाई फेन्सिङ खेलको अब्बल टोली नबनाएसम्म निरन्तर लागिरहनेछु ।’

‘मैले धेरै पटक प्रदेश सरकार र प्रदेश खेलकुद परिषद्लाई खेल सामाग्री दिन नसके मनोबल बढाउनकै लागि भए पनि जनही एउटा टिसर्ट उपलब्ध गराइदिन निरन्तर आग्रह गरिरहेँ । तर सम्बिन्धित निकाय कानमा तेल हालेर बस्यो तर पनि हामी आफ्नो मिहनेतले आज सफल भएका छौं,’ उनी अगाडी थप्छन्, ‘६ टोली सहभागी प्रतियोगितामा हामी एक स्वर्ण र दुई कांस्य पदक सहित चौथो स्थानमा रह्यौं । यो सुरुआत मात्र हो ।  हामी यो प्रशिक्षणलाई निरन्तरता दिन्छौं र अझ सफलताका लागि मिहनेत जारी राख्छौं । यो अभियान रोकिने छैन । म सुदूरपश्चिमलाई फेन्सिङ खेलको अब्बल टोली नबनाएसम्म निरन्तर लागिरहनेछु ।’


भिडियो
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
साफ च्याम्पियनसिपसम्म सहायक प्रशिक्षकको टोलीले नै मुख्य प्रशिक्षकलाई साथ दिनेछन्ः HARI KHADKA
Deleted video
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||