कार्तिक २४, २०८२ सोमबार | १०:४२:४७
बार्सिलोनाको जितमा लेवान्डोवस्कीको ह्याट्रिक म्यानचेस्टर सिटीको सहज जित रायो भायकानोसँग बराबरीमा रोकियो रियाल मड्रिड झापा महिला गोल्डकपको उपाधिका लागि एपिएफ र पुलिस भिड्दै इडब्लुभिएलको नयाँ खेलतालिका सार्वजनिक घान्द्रुकमा फुटबल यात्रीको क्याम्प सम्पन्न काभा यु–१९ च्याम्पियनसिपः नेपाललाई दोस्रो स्थान सुदूरपश्चिम रोयल्सको मस्कट सार्वजनिक निरज चौधरीको ह्याट्रिकमा विजयी स्पोर्टसको पहिलो जित, देउरालीको दोस्रो हार एन्फाले खेलाडीलाई वार्ताका लागि बोलायो बार्सिलोनाको जितमा लेवान्डोवस्कीको ह्याट्रिक म्यानचेस्टर सिटीको सहज जित रायो भायकानोसँग बराबरीमा रोकियो रियाल मड्रिड झापा महिला गोल्डकपको उपाधिका लागि एपिएफ र पुलिस भिड्दै इडब्लुभिएलको नयाँ खेलतालिका सार्वजनिक घान्द्रुकमा फुटबल यात्रीको क्याम्प सम्पन्न काभा यु–१९ च्याम्पियनसिपः नेपाललाई दोस्रो स्थान सुदूरपश्चिम रोयल्सको मस्कट सार्वजनिक निरज चौधरीको ह्याट्रिकमा विजयी स्पोर्टसको पहिलो जित, देउरालीको दोस्रो हार एन्फाले खेलाडीलाई वार्ताका लागि बोलायो

खेलकुद मन्त्री गुप्ता सरोकारवालासँगको भेटघाटमा व्यस्त

काठमाडौं । नवनियुक्त युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले खेलकुद सरोकारवालासँगको भेटघाटलाई तीव्रता दिएका छन् ।

पछिल्लो एक साता खेलकुदका विभिन्न सरोकारवालासँग सुझाव सङ्कलन गरिरहेका गुप्ताले मंगलबार सिंहदरबारस्थित खेलकुद मन्त्रालयमा  नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)का कार्यसमिति सदस्य तथा अन्य खेलकुद पत्रकारहरुसँग बैठक बसेका छन् । बैठकमा राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्कालगायतको पनि उपस्थिति थियो ।

गुप्ताले पत्रकारहरुसँग सुझाव सङ्कलन गर्नुका साथै अहिलेसम्म अगाडि बढेका कामकाजरुको जानकारी लिए ।

गुप्ताले खेलकुद पुर्वाधारको वर्गीकरण र कार्यान्वयन जिम्मेवारीलाई तहगत सरकारमा बाफाड सम्बन्धी कार्यविधि÷मापदण्ड निर्माण गर्ने कुरा पत्रकारसमक्ष राखे । त्यस्तै गैर सरकारी निकाय र निजी संस्थागत सामाजिक उत्तरदायित्वको रकमलाई खेलकुद पूर्वाधार, प्रशिक्षण र कार्यक्रम सञ्चालनमा उपयोगका लागि कार्यविधि-मापदण्ड तयार गर्ने योजना रहेको बताए ।

यसैगरी मन्त्रालय र मन्त्रालय सम्बद्ध निकायहरु एवं खेल संघहरुबाट गरिने आर्थिक कारोबारमा विद्युतीय माध्यमको प्रयोग गर्नुका साथै स्थानीय तह, जिल्ला तह, प्रदेश तह र राष्ट्रिय तहका खेलाडीको खेलकुद सम्बद्ध जानकारी समेटिएको विद्युतीय अभिलेख तयार गरी खेलाडी परिचयपत्रका आधारमा व्यवस्थापन गर्ने प्रक्रियाका लागि तयारीका सुरु गर्ने कुरा पनि उल्लेख गरे ।

अन्तिममा गुप्ताले राष्ट्रिय खेलकुद परिषद र नेपाल स्काउट जस्ता स्वायत्त संस्थाहरूको आन्तरिक स्रोत पहिचान र परिचालन गर्ने कुरा पनि राखे ।

पत्रकारहरुको तर्फबाट एनएसजेएफका अध्यक्ष निरञ्जन अधिकारीले मन्त्री गुप्तालाई केही सुझाव दिए । अधिकारीले खेलकुद संघहरुलाई पारदर्शी बनाउनु पर्ने कुरामा जोड दिए ।

खेलकुद र खेलकुद पत्रकारिताबीचको अन्तरलाई मिलाउन यी दुईलाई सँगसँगै अगाडि बढाउनुपर्ने र खेल संघहरुले आफ्नो आयआर्जनलाई पारदर्शी बनाउनुपर्ने कुरा अधिकारीले राखे ।

‘नेतृत्वमा जोसुकै आएपनि खेलकुदका क्यालेन्डर प्रभावित हुनु भएन । खेलाडीलाई खेल्ने वातावरण बन्नुपर्यो,’ अधिकारीले थपे ।

यसअघि गुप्ताले अखिल नेपाल फुटबल संघ (एन्फा), अखिल नेपाल खेलाडी संघ र फुटबल खेलाडीहरु, शीर्ष डिभिजन क्लबका पदाधिकारीलगातयत विभिन्न सरोकारवालाहरुसँग पनि बैठक बस्दै सुझाव सङ्कलन गरेका थिए ।

कार्तिक १३ गते गुप्ताले एन्फा पदाधिकारी र १४ ए डिभिजन क्लबबीच छुट्टाछुट्टै बैठक बसेका थिए । आइतबार गुप्ताले फुटबल खेलाडीसँग आफ्नो समय बिताएका थिए । बुधबार (भोलि) दिउँसो २ बजेका लागि उनले मन्त्रालय परिषदको १२३औं बोर्ड बैठक बोलाएका छन् ।

एन्फा र क्लबहरुबीचको बैठकमा गुप्ताले करिब तीन वर्षदेखि हुन नसकेको शीर्ष डिभिजन लिग गर्न दबाब दिएका थिए । तत्काल ‘होम एन्ड अवे’ लिग सम्भव नभएको र यसका लागि आवश्यक गृहकार्य चाहिने भएकाले सेन्ट्रल भेन्युमै भएपनि ५० दिनभित्र लिग सञ्चालन गर्ने निश्कर्षमा बैठक टुंगिएको थियो ।

तर, मन्त्रालयमा लिग गर्नका लागि प्रतिबद्धता जनाएका एन्फा र क्लबहरुले यो वर्ष पनि लिग नगर्ने निणर्य गरेका छन् । मंगलबार सातदोबाटोस्थित मुख्यालयमा क्लब र एन्फाबीच बैठक सम्पन्न भएको थियो । बैठकबाट रोकिएको लिग अर्को वर्ष अर्थात २०८३ को पुस ३ गते ‘होम एन्ड अवे’ फम्र्याटमा हुने गरि निर्णय गरियो ।

एन्फाले ए डिभिजन लिगको विकल्पमा यसपाली राष्ट्रिय लिग गर्ने भएको छ । पुस ९ गतेबाट सुरु हुने राष्ट्रिय लिगमा पछिल्लो ए डिभिजन लिगका शीर्ष ६ तथा बुधबार देखि सुरु हुने एन्फा प्रेसिडेन्ट लिगका शीर्ष चार गरि १० टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

खेलाडीहरुले भने नेपाली फुटबल र खेलाडीको वर्तमान अवस्था, समस्या तथा सम्भावित समाधानका विषयमा मन्त्रीसमक्ष विस्तृत प्रतिवेदनसहित विवरण पेश गरेका थिए ।

 


भिडियो
ANFA VP II DEEPAK KHATIWADA II सबै मान्छेहरु सच्चिएर नआएसम्म फुटबलमा विकास हुँदैन II PLAYER PROTEST
बहुमतको बलमा विपक्षीसँगै फुटबललाई पनि पेलेर जान खोजियो II BIRAT SHAHI II ANFA VP II PLAYER PROTEST
PUJA MAHATO II INDIA भन्दा NEPAL कै क्रिकेट राम्रो, अर्को वर्षबाट पनि WOMENS NPL पनि हुने आशा छ II
मैदानका लागि सडकमा फुटबल खेलाडी ll PLAYERS SIT-IN PROTEST AT ANFA
एक हप्ताभित्र लिगको सेड्युल ननिकाले सडक आन्दोलन झन कडा हुन्छ ।
फुटसलको बारेमा त एन्फामा धेरैलाई थाहा नै छैन । फुटसल झन अपहेलित छ ।
खेलाडीले सम्मान पाउने खेलुन्जेल हो तर यहाँ त करेन्ट राष्ट्रिय खेलाडीको पनि एन्फाले नै इज्जत गर्दैन