महिला फुटबल

महिला फुटबलमा गण्डकी विजयी

स्याङ्जा । गण्डकी प्रदेशले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबलमा विजयी सुरुआत गरेको छ ।

वालिङमा जारी महिला फुटबलअन्तर्गत शुक्रबारको दोसो खेलमा गण्डकीले कर्णाली प्रदेशलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

खेलको ३३ औ मिनेटमा गण्डकीकी शान्ती नेपालीले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन् ।

त्यस्तै, खेलको ५८ औँ र ६६ औँ मिनेटमा उदया थापाले दोस्रो र तेस्रो गोल गरिन् ।