नेपाली राष्ट्रिय फुटबल टिम

नेपालले पाकिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले पाकिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । पाकिस्तान फुटबल संघले सामाजिक सञ्जालमा पोस्ट गर्दै नेपालसँग मध्य नोभेम्बरको बीचमा मैत्रीपूर्ण खेल खेल्ने तय भएको जानकारी दिएको छ ।

फिफाको प्रतिबन्धमा परेको पाकिस्तानले सन् २०१८ मा बंगलादेशको ढाकामा भएको साफ च्याम्पियनसिपपछि कुनै खेल खेलेको छैन । फिफाको प्रतिबन्ध फुकुवा भएपछि पाकिस्तानी महिला टिमले भने यसअघि नेपालमै भएको साफ च्याम्पियनसिप खेलिसकेको छ ।

प्रतिबन्ध फुकुवा भएपछि पाकिस्तानले ६ हप्ताअघि खुला प्रतिस्पर्धाबाट खेलाडी छनोट गरेर बन्द प्रशिक्षण गरिरहेको छ । नेपालले गत महिना बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलेको थियो ।

दशरथ रंगशालामा भएको खेलमा नेपालले ३–१ ले विजयी भएको थियो ।