बंगलादेशविरुद्ध नेपाली महिला टोलीको अग्रता

काठमाडौं, (खेलाडी)- नेपाली राष्ट्रिय महिला टोलीले दशरथ रंगशालामा बंगलादेशविरुद्ध जारी मैत्रीपूर्ण अन्त्र्राष्ट्रिय खेलमा अग्रता लिएको छ ।

नेपालका लागि १३औं मिनेटमा सरिता रानाले गोल गरिन । विमला चौधरीको पासलाई गोलमा परिणत गर्दै सरिताले घरेलु टोलीलाई अग्रता दिलाइन । नेपालले बंगलादेशसँग दशरथ रंगशालामा आइतबार दोस्रो मैत्रीपूर्ण खेल खेल्नेछ ।