नेपाल २-० ले अगाडि

काठमाडौं, (खेलाडी)- प्रिती राईले राष्ट्रिय टोलीको 'डेब्यु'लाई सुखद बनाउने क्रममा गोल गरेपछी नेपालले दशरथ रंगशालामा बंगलादेशविरुद्ध जारी मैत्रीपूर्ण अन्त्र्राष्ट्रिय खेलमा दोस्रो गोल गरेको छ ।

सरु लिम्बुको पासमा प्रिती राईले २२औं मिनेटमा अन्तर्राष्ट्रिय गोलको खाता खोलिन । प्रितीको राष्ट्रिय टोलीबाट यो पहिलो खेल हो । 

नेपालका लागि १३औं मिनेटमा सरिता रानाले गोल गर्गदै अग्रता दिलाएकी थिइन । विमला चौधरीको पासलाई गोलमा परिणत गर्दै सरिताले घरेलु टोलीलाई अग्रता दिलाइन । नेपालले बंगलादेशसँग दशरथ रंगशालामा आइतबार दोस्रो मैत्रीपूर्ण खेल खेल्नेछ ।