इटालियन सिरी ए

साम्पाडोरियाका प्रशिक्षक जियाम्पाउलो बर्खास्त

मिलान । इटालियन सिरी ए को क्लब साम्पाडेरियाले सोमबार प्रशिक्षक मार्को जियाम्पाउलोलाई बर्खास्त गरेको छ ।

सिरी ए अन्तर्गत आइतबार सम्पन्न खेलका साम्पडोरिया मोन्जासँग ३-० ले पराजित भएको थियो ।

सन् २०१६ देखी २०१९ सम्म साम्पडोरियाको प्रशिक्षकण सम्हालेका जियाम्पाउलो जनवरीमा दोस्रो पटक साम्पडोरियाको प्रशिक्षण सम्हाल्न आएका थिए । ५५ वर्षका जियाम्पाउलोसँग साम्पडोरियाले पुनः सम्झौता अन्त्य गरेको हो । 

यस सिजन सिरी ए को आठ खेल सकिँदा साम्पडोरियाले मात्र दुई अंक जोडेको छ । दुई खेलमा अंक बाँडेको साम्पडोरिया ६ खेलमा पराजित भएको छ ।
समग्रमा भने उनको प्रशिक्षण्मा साम्पडोरियाले २४ खेल खेलेको छ । जसमा साम्पडोरियाले मात्र पाँच खेल जितेको छ भने १६ खेल हारेको छ । तीन खेल बराबरीमा सकिएको छ ।

‘मुख्य प्रशिक्षक मार्को जियाम्पाउलोलाई जिम्मेवारीबाट हटाइएको छ’, साम्पडोरियाले जारी गरेको विज्ञप्क्तीमा भनिएको छ । 

साम्पडोरियाले शनिबार बोलोग्नाको भ्रमण गर्दैछ ।