इटाली

भेराटीले इङल्यान्ड र हंगेरीविरुद्धको खेल गुमाउने

मिलान । इटालीका प्रशिक्षक रोबर्टो मान्चिनीले युइएफए नेसन्स लिगअन्तर्गत इङल्यान्ड र हंगेरीविरुद्ध हुने खेलमा मिडफिल्डर मार्को भेराटी टोलीमा नहुने पुष्टी गरेका छन् ।

पेरिस सेन्ट जर्मन (पिएसजी) का मिडफिल्डर भेराटी शनिबार फ्रेन्च लिग वानअन्तर्गत लियोनविरुद्धको खेलमा चोटका कारण दोस्रो हाफमा मैदानबाट बाहिरिएका थिए ।

इटालीले नेसन्स  लिगमा शुक्रबार इङल्यान्ड भ्रमण गर्नेछ भने त्यसको तीन दिनपछि हंगेरीविरुद्ध खेल्नेछ । मान्चिनीले टोलीमा सासौलोका डाभिड फ्राटेसीलाई छन् ।

‘भेराटी इङल्यान्ड र हंगेरीविरुद्धको खेलका लागि टोलीमा रहने छैनन,’मान्चिनीले भने । 

इटालीले जर्मनी र इङल्यान्डसँग बराबरी खेलेको थियो । हंगेरीलाई भने इटालीले हराएको थियो । ग्रुप ए थ्री मा जर्मनीविरुद्धको दोस्रो भेटमा भने इटाली ५-२ ले निराश भएको थियो ।

युरोपियन च्याम्पियनसिप २०२० को विजेता इटाली तालिकाको तेस्रो स्थानमा छ ।