चीनमाथि जापानको कठिन जित

दोहा, (खेलाडी)- अर्को वर्ष कतारमा हुने विश्वकपको एसियाली छनोटअन्तर्गत तेस्रो चरणको खेलमा जापानले पहिलो जित निकाल्ने क्रममा मंगलबार राति चीनलाई १-० ले पराजित गरेको छ । 

कतारको खलिफा रंगशालामा भएको खेलमा जापानका लागि युया ओसाकाले ४०औं मिनेटमा गरेको गोल जितका लागि निर्णायक बन्यो । 

दुई खेलमा तीन अंक जोडेको जापान एसियाली छनोटको तेस्रो चरणअन्तर्गत समूह ‘बी’मा अंकतालिकाको चौथो स्थानमा छ । दुई खेलमा एउटै अंक जोड्न नसकेको चीन पुछारमा छ । 

मंगलबार चाँढो गरी सम्पन्न खेलमा भियतनाममाथि १-० को जित हासिल गरेको अस्ट्रेलिया दुई खेलमा ६ अंक जोड्दै समूहको शीर्ष स्थानमा छ । ओमानलाई १-० कै नतिजामा हराएको साउदी अरेबियाको खातामा पनि ६ अंक छ । तर टोली गोलअन्तरमा पछि परेका कारण दोस्रो स्थानमा छ ।

तीन अंक जोडेको ओमान चौथो स्थानमा रहँदा सिरिया पनि अंकविहिन छ ।