नवौं राष्ट्रिय खेलकुद

बागमतीको टिम महर्जनले सम्हाल्ने

काठमाडौं । गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदमा सहभागी हुने बागमती प्रदेशको पुरुष फुटबल टिम बालगोपाल महर्जनले हेर्ने भएका छन् ।

त्यस्तै बागमती प्रदेशबाटै सहभागी हुने महिला फुटबल टिमको प्रशिक्षकको जिम्मेवारी सुनिलकुमार श्रेष्ठलाई दिइएको प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशका सदस्य–सचिव सूर्यलाल भण्डारीले जनाएका छन् ।

नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कार्तिक तीन गतेसम्म पोखरामा हुने तालिका छ ।