साफ महिला च्याम्पियनसिप

साफ महिला च्याम्पियनसिपः श्रीलंकन टिम नेपाल आइपुग्यो

काठमाडौं । आसन्न साफ महिला च्याम्पियनसिपका लागि श्रीलंकन टिम आइतबार नेपाल आइपुगेको छ ।

भदौ २१ गतेदेखि दशरथ रंगशालामा हुने प्रतियोगिताका हालसम्म पाँच टिम नेपाल आइसकेका छन् भने माल्दिभ्स पनि आजै आइपुग्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

साफमा श्रीलंका घरेलु टिम नेपाल र भुटानसँगै समूह ‘बी’ मा छ । श्रीलंकाले सेप्टेम्बर नौ मा भुटानविरुद्ध खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । यस्तै, टोलीले सेप्टेम्बर १२ मा नेपालसँग खेल्नेछ ।

समूहबाट शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् । दुवै सेमिफाइनल खेलहरु सेप्टेम्बर १६ मा हुनेछन् । प्रतियोगिताको फाइनल खेल सेप्टेम्बर १९ मा हुनेछ ।