बालगोपाल महर्जनलाई युवा टोलीको जिम्मेवारी

काठमाडौं (खेलाडी)- राष्ट्रिय पुरुष फुटबल टोलीका पूर्व प्रशिक्षक बालगोपाल महर्जनले २३ वर्षमुनिको राष्ट्रिय टोलीको जिम्मेवारी पाएका छन् । 

राष्ट्रिय टोलीका पुर्व खेलाडी महर्जनलाई एन्फाले ताजिकिस्तानमा हुने एएफसी यु २३ छनोटका लागी सोमबार टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । 

महर्जनसँगै एन्फाले सहायक प्रशिक्षकका रुपमा रोजित केसी तथा गोलकिपर प्रशिक्षकको भूमिकामा ललित चन्दलाई नियुक्त गरेको जनाएको छ ।

एएफसी यु २३ को छनोटमा नेपालले समूह ‘बी’मा इरान, लेबनान र ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । 

छनोटमा नेपालले पहिलो खेल इरानविरुद्ध २५ अक्टोवरमा खेल्नेछ । त्यस्तै नेपालले दोस्रो खेलमा घरेलु टोली ताजिकिस्तानविरुद्ध खेल्नेछ भने अन्तिम खेल अक्टोवर ३१ मा लेवनानविरुद्ध खेल्ने तालिका रहेको छ ।