इङ्लिस प्रिमियर लिग

लिभरपुल रोकियो

लन्डन । इङ्लिस प्रिमियर लिगमा लिभरपुल एभर्टनसँग गोलरहित बराबरीमा रोकिएको छ । गोडिसन पार्कमा लिभरपुलले घरेलु टिमको रक्षापंङ्ती तोड्न नसक्दा अंक बाढ्न बाध्य बन्यो ।

खेलको ६९औं मिनेटमा एभर्टनका कोनोर कोएडीले गोल गरे पनि भिडियो असिस्टेन्ट रेफ्री (भार) ले त्यसलाई खारेज गरेको थियो । यस सिजन लिगमा लिभरपुलको यो तेस्रो बराबरी हो । लिगमा लिभपुलले दुई खेलमा जित, तीनमा बराबरी र एक खेलमा हारको नतिजा निकालेको छ । पाँचौ स्थानमा रहेको जर्गेन क्लोपको टिमले नौ अंक जोडेको छ ।

यस्तै, समान खेलबाट चार अंक जोडेको एभर्टन तालिकाको १७औं स्थानमा छ । लिगमा हालसम्म जितविहिन रहेको एभर्टनले चारमा बराबरी र दुई खेलमा हार बेहोरेको छ ।