पाकिस्तान फुटबल

अन्तर्राष्ट्रिय फुटबलमा फर्किदै पाकिस्तानी पुरुष टिम

इस्लामबाद । फिफाको निलम्बन फुकुवा भएपछि पाकिस्तानले पहिलो पटक राष्ट्रिय पुरुष टिमको छनोटका लागि ९० जना खेलाडीलाई प्रारम्भिक चरणको छनोटमा बोलाएको छ ।

पाकिस्तान फुटबल संघले बुधबार राष्ट्रिय टिमको छनोटका लागि खेलाडीहरुलाई प्रारम्भिक प्रशिक्षणमा बोलाएको जनाएको हो ।

संघले अन्तर्राष्ट्रिय खेलका लागि अन्य देशहरुसँग सम्पर्क गरिरहेको र चाडै नै अन्तर्राष्ट्रिय फुटबलमा फर्किने जनाएको छ ।

पाकिस्तानको महिला टिम भने नेपालमा हुने साफ च्याम्पियनसिपबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा फर्किने तयारी गरिरहेको छ ।

फिफाले पाकिस्तानलाई पहिलो पटक २०१७ मा सन् २०२१ मा निलम्बन गरेको थियो । पछिल्लो पटक १५ महिना निलम्बनमा परेको पाकिस्तानलाई फिफाले जुनमा फुकुवा गरेको थियो ।