च्याम्पियन्स लिग

युइएफए च्याम्पियन्स लिग ‘ड्र’ आज

इस्तानबुल । युइएफए च्याम्पियन्स लिग नयाँ सिजनको लागि समूह चरणको ‘ड्र’ आज (बिहीबार) हुँदैछ ।

टर्किएको राजधानी इस्तानबुलमा हुने ‘ड्र’ नेपाली समयअनुसार राति ९ः४५ बजेदेखि सुरु हुनेछ ।

यसै वर्ष कतारमा हुने विश्वकपलाई ध्यानमा राखेर युइएफएले यस सिजन च्याम्पियन्स लिग समूह चरणको खेलहरु नौ हप्तासम्म खेलाइने भएको छ ।

‘ड्र’ का लागि छनोट भएका ३२ टिमलाई एक पटमा आठ वटा टिमहरु रहने गरी चार पटमा विभाजन गरिएको छ ।

एक समूहमा प्रत्येक पटबाट एक टिम छानिनेछन् ।

चार पटहरु

पट १ः रियाल मड्रिड, आइनट्राच्ट फ्रायंकफर्ट, म्यानचेस्टर सिटी, एसी मिलान, बायर्न म्युनिख, पेरिस सेन्ट जर्मन (पिएसजी), पोर्टो, आयाक्स

पट २ः लिभरपुल, चेल्सी, बार्सिलोना, युभेन्ट्स, एट्लेटिको मड्रिड, सेभिया, आरबी लाइपजिग, टोटनहम

पट ३ः बोरुसिया डर्टमन्ड, साल्जबर्ग, सक्तर डोनेस्क, इन्टर मिलान, नेपोली, बेन्फिका, स्पोर्टिङ लिस्बन, बायर्न लेभरकुजेन

पट ४ः रेन्जर्स, मार्से, कोपनहेगन, क्लब ब्रुगेस, सेल्टिक, भिक्टोरिया प्लाजेन, मकाबी हैफा, डाइनामो जर्गेब