पाकिस्तान फुटबल

पाकिस्तान फुटबल फेडेरेसनद्वारा पुरुष र महिला खेलाडीलाई समान पारिश्रमिक दिने घोषणा

इस्लामबाद । पाकिस्तान फुटबल फेडेरेसनले राष्ट्रिय पुरुष र महिला टिमका खेलाडीहरुलाई बराबर पारिश्रमिक दिने भएको छ ।

फिफाको प्रतिबन्ध फुकुवापछि अवस्था सामान्य बनाउन बनेको कमिटिका अध्यक्ष हरुन मलिकले पुरुष र महिला दुवै राष्ट्रिय टोलीका सदस्यहरुलाई बराबर पारिश्रमिक दिने पुष्टि गरेका हुन् ।

यो निर्णयसँगै पाकिस्तानी पुरुष तथा महिला राष्ट्रिय टिमका खेलाडीले अन्तर्राष्ट्रिय खेल भएको दिनहरुमा एक सय ५० डलर र बाँकी दिन ७५ डलर पाउने छन् ।

यसबाहेक, राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा सहभागी हुने खेलाडीले चार लाख पाकिस्तानी रुपैयाँ पाउनेछन् ।

‘प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा समेटिने खेलाडीले एक लाख पाकिस्तानी रुपैयाँ प्राप्त गर्नेछन् । र, उनीबाट राष्ट्रिय टिमसम्म छनोट हुने खेलाडीले थप तीन लाख रुपैयाँ पाउनेछन्,’ सामान्यिकरण कमिटिका अध्यक्ष मलिकले भने ।

उनले पाकिस्तानको प्रतिनिधित्व गर्ने सबैले लिङ्ग विभेद नगरी समान पारिश्रमिक पाउनुपर्ने आफूहरुको मान्यता रहेको बताए ।