सावित्रा भन्डारी

पहिलो हाफमै सावित्राको चार गोल, गोलकुम केरला ६-० ले अघि

केरला । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्ट्राइकर साबित्रा भण्डारीले केरला वुमन्स लिग २०२२-२३ मा पहिलो ह्याट्रिक गरेकी छन् ।

सावित्राले इन्डियन्स वुमन्स लिगको छनोटअन्तर्गत जारी केरला वुमन्स लिगमा जारी खेलको पहिलो हाफमै केरला युनाइटेड एफसीमाथि चार गोल गरिसकेकी छन् ।

सुरुआती तीन मिनेटमा साबित्राको गोलबाट गोकुलमले अग्रता लिएको थियो । उनले त्यसको ६ मिनेटपछि दोस्रो गोल, २६औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् । यस्तै, साबित्राले ३५औं मिनेटमा चौथो गोल गरिन् ।

यसैगरी गोलकुमका लागि क्रमशः कस्मिना छैटौं र रेश्माले ३८औं मिनेटमा गोल गरेका छन् । पहिलो हाफमा गोकुलमले केरला युनाइटेडमाथि ६-० को अग्रता लिएको छ ।

खुट्टाको चोटबाट लामो समयपछि मैदानमा फर्किएकी साबित्राले गत माघमा भएको महिला लिगपछि पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी हुन् ।

सोही प्रतियोगिता खेल्नका लागि राष्ट्रिय टिमकी मिडफिल्डर दिपा न्यौपाने बुधबार भारत प्रस्थान गरिसकेकी छन् । उनले त्यहाँ डन बोस्को फुटबल एकेडेमीबाट खेल्नेछिन् ।