आइसिसी वरीयता

आइसिसी वरीयताः बाबर शीर्ष स्थानमा कायमै

दुबई । पाकिस्तानका कप्तान बाबर आजम आइसिसीको एकदिवसीय र ट्वान्टी २० वरीयताको शीर्ष स्थानमा कायमै रहेका छन् ।

आइसिसीले बुधबार जारी गरेको नयाँ वरीयताअनुसार बाबर एकदिवसीय र ट्वान्टी २० ब्याटिङ वरीयताको शीर्ष स्थानमा रहँदा टेस्ट ब्याटिङतर्फ भने तेस्रो स्थानमा छन् ।

ट्वान्टी २० वरीयतामा भारतीय ब्याटर सुर्यकुमार यादवले बाबरको शीर्ष वरीयता खोस्न सक्ने भए पनि वेस्ट इन्डिजविरुद्धको शृंखलाको अन्तिम ट्वान्टी खेलमा सुर्यकुमारलाई आराम दिइएपछि बाबर नै वरीयताको शीर्ष स्थानमा आसिन रहे ।

ट्वान्टी २० वरीयतामा बाबर दोस्रो स्थानका सुर्यकुमारभन्दा १३ अंकले अघि छन् । अब हुने एसिया कपमा भारत र पाकिस्तानबीचको खेलबाट वरीयताको शीर्ष स्थानका लागि सुर्यकुमारले बाबरलाई पछि पार्न सक्ने सम्भावना छ ।

एसिया कपमा भारत पाकिस्तान अगस्ट २८ मा भिड्ने तालिका छ ।