स्पेनिस ला लिगा

डी जोङ क्याम्प नोउमै बस्नेमा लापोर्ता विश्वस्त

मड्रिड । स्पेनिस ला लिगाको क्लब बार्सिलोनाका अध्यक्ष जोन लापोर्ताले फ्रयांकी डी जोङ आफूहरुको योजनामा रहेकाले उनी नयाँ सिजनमा पनि कयाम्प नोउमै बस्ने दबी गरेका छन् ।

बार्सिलोनाले आइतबार प्रि–सिजन अन्तर्गतको मैत्रीपूर्ण खेलमा पुमासलाई ६–० ले हराएको थियो । 

यसअघि भने लापोर्ताले डी जोङ अन्यत्र जाने सम्भावना रहेको बताउँदै आएका थिए ।

‘डी जोङ हाम्रा खेलाडी हुन् । हामी उनी बार्सिलोनामै बसेको हेर्न चाहन्छौ’, लापोर्ताले भने, ‘उनी पनि यहीँ बस्न चाहन्छन् । उनलाई अनुबन्ध गर्न अन्य क्लबले इच्छा नदेखाएका होइनन् तर हामी अहिले उनलाई अन्यत्र पठाउदैनौ ।उनी हाम्रो टोली योजनाका महत्वपूर्ण सदस्य हुन् ।’

बार्सिलोनाले आगामी शनिबार रायो भायकानोविरुद्धको खेलसँगै स्पेनिस ला लिगाको नयाँ सिजनको थालनी गर्नेछ ।