म्यानचेस्टर युनाइटेड

ब्राइटनसँगको हारपछि रक्षापंङ्तिको बचाउमा टेन हाग

लन्डन । ब्राइटनसँगको हारपछि म्यानचेस्टर युनाइटेडका मुख्य प्रशिक्षक एरिक टेन हागले रक्षापंङ्तिको कुनै गल्ती नभएको प्रतिकृया दिएका छन् ।

आइतबार ब्राइटनसँगको हारसँगै युनाइटेड प्रिमियर लिगको सुरुआत गरेको थियो । यो टेन हागको प्रशिक्षणमा युनाइटेडले खेलेको पहिलो खेलसमेत थियो ।

पास्कल ग्रोसको दुई गोलप्रेरित ब्राइटनले युनाइटेडलाई ओल्ड ट्राफोर्डमै २–१ ले पराजित गरेको थियो । खेलपछि युनाइटेडको रक्षापंङ्तिमाथि प्रश्न उठिरहँदा टेन हाग भने टिमको बचाउमा उत्रिएका छन् ।

‘यो रक्षापंङ्तिको गल्ती थिएन । हामीले एक टिमको रुपमा डिफेन्ड गर्यौं र मिडफिल्डमा केही अनावश्यक गल्ती गर्यौं । यसैकारण उनीहरु हामीबाट बल लैजान सफल भए,’ टेन हागले भने,’ दोस्रो हाफमा मिडफिल्डमा हामीले केही सुधार गर्यौं । हामीले मौका पनि बनयौं तर (मार्कुस) रासफोर्डले गोल गर्न नसक्दा खेलमा फर्किने मौका गुमायौं ।’