बार्सिलोना

लेवान्डोवस्कीसँग खेल्न पाउनु उत्कृष्ट अनुभव:पेड्री

मड्रिड । प्रि–सिजनको मैत्रीपूर्ण खेलमा पुमासलाई हराउँदै जोन गाम्पर ट्रफी जितेपछि बार्सिलोनाका मिडफिल्डर पेड्रीले रोवर्ट लेवान्डोवस्कीसँग खेल्न पाउनु उत्कृष्ट अनुभव भएको प्रतिकृया छन् ।

बार्सिलोनाले आइतबार पुमासलाई ६-० पराजित गर्दै जोन गाम्पर ट्रफी जित्दा पेड्री र लेवान्डोवस्की दुवैले गोल गरेका थिए ।

क्याम्प नाउमा सहज जित निकालेको बार्सिलोनाका लागि पेड्रीले दुई गोल गर्दा लेवान्डोवस्की, ओस्मान डेम्बेले, पिइरी एमरिक औबामयाङ र फ्रांयकी डी योङले समान एक गोल गरेका थिए ।

‘घरेलु समर्थकका अघि जित निकाल्नु हाम्रो लागि महत्वपूर्ण थियो । र, हामीले राम्रो खेलसँगै सुखद नतिजा निकाल्न सफल पनि भयौं,’ खेलपछि प्रतिकृया दिँदै पेड्रीले, ‘लेवान्डोवस्कीसँग खेल्न पाउनु उत्कृष्ट अनुभव हो । उनको फिनिसिङ र खेलको शैली निकै उत्कृष्ट छ ।’