आर्सनल

राम्सडेल आर्सनलका नयाँ नम्बर वान्!

लन्डन । आर्सनलले एरोन राम्सडेललाई १ नम्बर जर्सी दिएको छ । यसअघिका नम्बर १ गोलकिपर ब्रेन्ड लेनो फुल्हम गएपछि माइकल अर्टेटाको टिमले राम्सडेललाई नयाँ नम्बर दिएको हो ।

सेफिल्ड युनाइटेडबाट सन् गत वर्ष ३० मिलियन पाउन्डमा आर्सनल आएका राम्सडेलले आफूलाई पहिलो रोजाईको गोलकिपरको रुपमा स्थापित गरिसकेका छन् । जसका कारण जर्मन गोलकिपर लेनोले आर्सनलबाट बहिर्गमन चाहेका थिए ।

राम्सडेल आर्सनलको नम्बर १ गोलकिपरको रुपमा शुक्रबार राति प्रिमियर लिगको पहिलो खेलमा क्रिस्टल प्यालेसविरुद्ध मैदानमा उत्रिने छन् । यही शुक्रबार रातिबाट सुरु हुने प्रिमियर लिगको पहिलो खेल आर्सनलले प्यालेसको मैदान शेल्हर्स्ट पार्कमा खेल्ने छ ।