स्क्वास

धनलक्ष्मी स्क्वासः अर्हत र अमृतको लगातार दोस्रो जित

काठमाडौं । धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको चौथो संस्करणमा अर्हत सिन्हा र अमृत थापा मगरले लगातार दोस्रो जित निकालेका छन् ।

मेन्स ओपनमा अर्हतले गोपाल थापा र आभान श्रेष्ठलाई समान ३-० को नतिजामा तथा अमृत थापा मगरले दिब्य बज्राचार्यलाई ३-० ले पराजित गरे ।

यस्तै, मेन्स ओपनकै अरु खेलमा अमिर ब्लोनले राजेन्द्र शाक्य लाई ३-१, दिपक थापाले उमित शाक्य लाई ३-१ को नतिजामा हराए ।

वुमन्स ओपन तर्फ बिपना ब्लोनले अश्मिता नगरकोटीलाई ३-० ले पराजित गरिन् । ब्वाईज यु १९ का खेलहरुमा पसाङ्ग लामाले चेतन परियारलाई ३-०, सलिम थापाले रोहन नेपाललाई ३-२, गोपाल थापाले राकेश परियारलाई ३-० र बिकाश मगरले आभान श्रेष्ठलाई ३-० को नतिजामा हराए ।

मेन्स मास्टर ५० प्लसका खेलहरुमा धिर बहादुर पुनले लोकेन्द्र भण्डारीलाई ३-१, सुदिप सिंहले बिदुर धमलालाई ३-०, प्रज्वल प्रधानले मनोज श्रेष्ठलाई ३-० ले हराउन सफल भए ।

धनलक्ष्मी महर्जन फाउन्डेसनअन्तर्गत आयोजना भइरहेकोे प्रतियोगितामा पुरुष खुल्ला, महिला खुल्ला, मास्टर खुल्ला, पुरुष ५० वर्षभन्दा माथि, जुनियर ब्वाईज तथा प्लेट गरी ५ विधामा प्रतिस्पर्धा भइरकेको छ । यो प्रतियोगिताको विभिन्न ५ विधाका विजेता तथा उपविजेताले कुल एक लाख ३५ हजार राशीको पुरस्कार पाउने छन् ।