इङ्लिस प्रिमियर लिग

युनाइटेडका म्यानेजरले वास्ता नगर्दा...

लन्डन । डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सनले यसअघि नै ओल्ड ट्राफोर्ड आउन चाहे पनि आफ्नो प्रस्तावलाई बेवास्ता गरिएको बताएका छन् ।

एरिक्सन गत महिना म्यानचेस्टर युनाइटेडमा अनुबन्ध भएका थिए । इटालियन क्लब इन्टर मिलानले गत जनवरीमा फुकुवा गरेसँगै एरिक्सन गत सिजन प्रिमियर लिगमा फर्किएका थिए । 

युरो २०२० मा हृदयघातको शिकार भएका एरिक्सनले मुटुमा डेफिब्रिलेटर जोडेकोले इटाली छाड्नु परेको थियो ।त्यहाँको नियमअनुसार डेफिब्रिलेटर जोडर खेल्न नपाइने भएसँगै उनी ब्रेन्टफोर्डमा अनुबन्ध भएका थिए । 

एरिक्सनले युनाइटेड आउने चाहना भएको भन्दै तत्कालिन प्रशिक्षक लुइस भान हाल, जोजे माउरिन्हो र ओले गनर सोल्सायरसँग छलफल गरे पनि उनीहरुले त्यसलाई प्राथमिकतामा नराखेको गुनासो गरे । उनी सन् २०१३ मा टोटनहममा अनुबन्ध भएका थिए । 

‘मैले यसअघि युनाइटेडका प्रत्येक प्रशिक्षकसँग ओल्ड ट्राफोर्ड आउने चाहना व्यक्त गरेको थिए तर कसैले पनि मेरो कुरालाई प्राथमिकतामा राखेनन्,’ उनले भने, ‘मैले टोटनहम छोड्दै प्रिमियर लिगकै अर्को क्लबबाट खेलन चाहे पनि त्यो इच्छा पूरा भएन । त्यसैले म इन्टर मिलान गएको थिए ।’