माघ १५, २०८२ बिहीबार | १९:०८:३६
साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो

एन्फा कार्यसमिति बैठक २६ गते: पुरानै एजेन्डा, छलफल भागबण्डामै केन्द्रित

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति सदस्य बैठक साउन २६ गते बिहीबार बस्ने भएको छ । यसअघि दुई पटक बोलाइएको बैठक स्थगित भएको थियो । एक पटक भने बैठक सुरु भएर पनि एजेन्डामा प्रवेश नगरी स्थगित भएको थियो ।

एन्फा सचिवालयले मंगलबार पत्र काट्दै ९ दिनपछिलाई बैठक बोलाएको उपाध्यक्ष दीपक खतिवडाले जानकारी दिए । यसअघि साउन २ गते बोलाइएको बैठक अध्यक्ष नेम्वाङ अस्वस्थ भएपछि स्थगित भएको थियो ।

तीन दिनपछि साउन ५ गते बोलाइएको अर्को बैठक एजेन्डामा प्रवेश नै नगरी स्थगित भएको थियो ।

एजेन्डाविना बोलाइएको पहिलो बैठकले विवादास्पद रुपमा केही महत्वपूर्ण निर्णय गरेपछि आलोचनाको चौतर्फी घेराभित्र परेको एन्फा कार्यसमितिको अर्को बैठक बस्न सकेको छैन ।

असार ६ गते सम्पन्न चुनावी साधारणसभाले एक उपाध्यक्षसहित सात जना शेर्पा प्यानलका उम्मेदवारलाई चुन्यो । १३ खुल्ला सदस्यका लागि भएको निर्वाचनमा चार जनाको मत समान भएपछि विशेष साधारणसभा बोलाएर पुनः मतदान गराउन बाँकी नै छ । बाँकी १२ जना नेम्वाङ प्यानलबाट विजयी भएको मान्ने हो भने पनि त्यहाँ स्वयम अध्यक्ष अल्पमतमा छन् ।

सुशासनको नारालाई चर्को श्वरमा घन्काएर पंकजविक्रम नेम्वाङको समूहले एन्फाको ताल्चासाँचो हात पारेको थियो । विधि र विधान प्रधान हुने भने पनि नेम्वाङ नेतृत्वमा विधानअनुसार पहिल्यै एजेन्डा पठाएर र सदस्यहरुबाट आएको सुझाव समेत समेटेर गरिन लागेको यो बैठकको पहिलो प्रयास असफल भइसकेको छ ।

बैठकका लागि विभिन्न एजेन्डा तय भए पनि तेस्रो प्रयासमा २६ गते पनि छलफल भने भागबण्डामै केन्द्रित हुने पक्का छ । प्रमूख कार्यकारी अधिकृत (सिइओ), तीन सह महासचिव, प्रवक्ता र विभिन्न मानार्थ पदमा कसलाई नियुक्त गर्ने भन्ने विषयमा सहमति नजुटेपछि पछिल्ला दुई पटक बैठक स्थगित भएको थियो ।

चुनावमा जाँदा बनेको आफू नेतृत्वकै समूहमा फुट आइसकेका कारण अध्यक्ष नेम्वाङ चौतर्फी दबाबमा छन् । चुनावमा बनेको मोर्चाका सबैले नियुक्तिहरुमा भाग खोजिरहेको अवस्थामा आफ्नै पनि स्वार्थको भारीले थिच्दा नेम्वाङमाथि तनाव थपिएको थियो ।

चुनावमा तत्कालिन अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष नेम्वाङ पूरा प्यानल नै लिएर प्रतिस्पर्धामा उत्रिएका थिए । जहाँ शेर्पालाई पराजित गर्दै नेम्वाङले नेतृत्वमा कब्जा जमाए । तर उनको पूरा प्यानल विजयी भएन ।

चुनावमा उनलाई पूर्व अध्यक्षद्धय नरेन्द्र श्रेष्ठ र गणेश थापाको आर्शिवाद प्राप्त थियो । शेर्पालाई हराएर नेम्वाङ एन्फाको अध्यक्ष चुनिनुमा मुख्य भुमिका यिनै दुई पूर्वअध्यक्षबाट प्राप्त आर्शिवादको थियो । यही आधारमा नेम्वाङ प्यानलबाट निर्वाचित भएकामध्ये १० जना श्रेष्ठ र थापासँग नजिक हुनेहरु रहेको बताइन्छ । शेर्पा प्यानलबाट चुनाव जितेका सातमध्ये तीनले पनि केही एजेन्डामा तीनै १० जनालाई साथ दिएका छन् ।

चुनावी तालमेल र प्राप्त नतिजाले मिलेर जानुको विकल्प नदिए पनि एन्फा कार्यसमितिले फरक बाटो रोजेको छ । चुनाव सकिएको एक साता पनि नबित्दै नेम्वाङको नेतृत्वमा चुनावमा होमिएको समूहमा फुट आइसकेको थियो । नेतृत्वले जबरजस्ती प्रक्रिया नै नपुगेको बैठकबाट अवैधानिक तरिकाले महासचिवमा किरण राई, कोषाध्यक्षमा रविन्द्र जोशी र अन्तर्राष्ट्रिय सम्बन्ध प्रमूखमा जर्मन नागरिक नवीन पाँडेलाई नियुक्त गरेको आरोप छ । यही कारण पूर्व अध्यक्ष श्रेष्ठ र थापाका निकटहरु नेम्वाङसँग टाढिएका छन् । श्रेष्ठ÷थापासँग नजिक १० जनाले उठाएको पाँडेको बर्खास्तीको एजेन्डामा शेर्पा प्यानबाट विजयी भएका तीन जनाले पनि समर्थन गर्ने बताइन्छ ।

तर एन्फा कार्यसमितिभित्रको अंकगणितमा सबभन्दा कमजोर रहे पनि नेम्वाङहरुले श्रेष्ठ र थापा पक्षका माग सुनुवाई नगर्ने रणनीति लिएको बताइएको छ । जर्मनीबाट पाँडेले नेम्वाङको रिमोट कन्ट्रोल चलाइरहेको आरोपका बीच नेतृत्वले श्रेष्ठ÷थापा पक्षले ल्याउन चाहेका गौरव थापा, सुरेश शाह, अरुणमान जोशी, दीनेश ब्यन्जनकार र राजेन्द्र न्यौपानेहरुको बाटोमा तगारो हालेको आरोप छ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।