चैत्र ५, २०८२ बिहीबार | २१:२१:३८
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

एन्फा कार्यसमिति बैठक २६ गते: पुरानै एजेन्डा, छलफल भागबण्डामै केन्द्रित

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति सदस्य बैठक साउन २६ गते बिहीबार बस्ने भएको छ । यसअघि दुई पटक बोलाइएको बैठक स्थगित भएको थियो । एक पटक भने बैठक सुरु भएर पनि एजेन्डामा प्रवेश नगरी स्थगित भएको थियो ।

एन्फा सचिवालयले मंगलबार पत्र काट्दै ९ दिनपछिलाई बैठक बोलाएको उपाध्यक्ष दीपक खतिवडाले जानकारी दिए । यसअघि साउन २ गते बोलाइएको बैठक अध्यक्ष नेम्वाङ अस्वस्थ भएपछि स्थगित भएको थियो ।

तीन दिनपछि साउन ५ गते बोलाइएको अर्को बैठक एजेन्डामा प्रवेश नै नगरी स्थगित भएको थियो ।

एजेन्डाविना बोलाइएको पहिलो बैठकले विवादास्पद रुपमा केही महत्वपूर्ण निर्णय गरेपछि आलोचनाको चौतर्फी घेराभित्र परेको एन्फा कार्यसमितिको अर्को बैठक बस्न सकेको छैन ।

असार ६ गते सम्पन्न चुनावी साधारणसभाले एक उपाध्यक्षसहित सात जना शेर्पा प्यानलका उम्मेदवारलाई चुन्यो । १३ खुल्ला सदस्यका लागि भएको निर्वाचनमा चार जनाको मत समान भएपछि विशेष साधारणसभा बोलाएर पुनः मतदान गराउन बाँकी नै छ । बाँकी १२ जना नेम्वाङ प्यानलबाट विजयी भएको मान्ने हो भने पनि त्यहाँ स्वयम अध्यक्ष अल्पमतमा छन् ।

सुशासनको नारालाई चर्को श्वरमा घन्काएर पंकजविक्रम नेम्वाङको समूहले एन्फाको ताल्चासाँचो हात पारेको थियो । विधि र विधान प्रधान हुने भने पनि नेम्वाङ नेतृत्वमा विधानअनुसार पहिल्यै एजेन्डा पठाएर र सदस्यहरुबाट आएको सुझाव समेत समेटेर गरिन लागेको यो बैठकको पहिलो प्रयास असफल भइसकेको छ ।

बैठकका लागि विभिन्न एजेन्डा तय भए पनि तेस्रो प्रयासमा २६ गते पनि छलफल भने भागबण्डामै केन्द्रित हुने पक्का छ । प्रमूख कार्यकारी अधिकृत (सिइओ), तीन सह महासचिव, प्रवक्ता र विभिन्न मानार्थ पदमा कसलाई नियुक्त गर्ने भन्ने विषयमा सहमति नजुटेपछि पछिल्ला दुई पटक बैठक स्थगित भएको थियो ।

चुनावमा जाँदा बनेको आफू नेतृत्वकै समूहमा फुट आइसकेका कारण अध्यक्ष नेम्वाङ चौतर्फी दबाबमा छन् । चुनावमा बनेको मोर्चाका सबैले नियुक्तिहरुमा भाग खोजिरहेको अवस्थामा आफ्नै पनि स्वार्थको भारीले थिच्दा नेम्वाङमाथि तनाव थपिएको थियो ।

चुनावमा तत्कालिन अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष नेम्वाङ पूरा प्यानल नै लिएर प्रतिस्पर्धामा उत्रिएका थिए । जहाँ शेर्पालाई पराजित गर्दै नेम्वाङले नेतृत्वमा कब्जा जमाए । तर उनको पूरा प्यानल विजयी भएन ।

चुनावमा उनलाई पूर्व अध्यक्षद्धय नरेन्द्र श्रेष्ठ र गणेश थापाको आर्शिवाद प्राप्त थियो । शेर्पालाई हराएर नेम्वाङ एन्फाको अध्यक्ष चुनिनुमा मुख्य भुमिका यिनै दुई पूर्वअध्यक्षबाट प्राप्त आर्शिवादको थियो । यही आधारमा नेम्वाङ प्यानलबाट निर्वाचित भएकामध्ये १० जना श्रेष्ठ र थापासँग नजिक हुनेहरु रहेको बताइन्छ । शेर्पा प्यानलबाट चुनाव जितेका सातमध्ये तीनले पनि केही एजेन्डामा तीनै १० जनालाई साथ दिएका छन् ।

चुनावी तालमेल र प्राप्त नतिजाले मिलेर जानुको विकल्प नदिए पनि एन्फा कार्यसमितिले फरक बाटो रोजेको छ । चुनाव सकिएको एक साता पनि नबित्दै नेम्वाङको नेतृत्वमा चुनावमा होमिएको समूहमा फुट आइसकेको थियो । नेतृत्वले जबरजस्ती प्रक्रिया नै नपुगेको बैठकबाट अवैधानिक तरिकाले महासचिवमा किरण राई, कोषाध्यक्षमा रविन्द्र जोशी र अन्तर्राष्ट्रिय सम्बन्ध प्रमूखमा जर्मन नागरिक नवीन पाँडेलाई नियुक्त गरेको आरोप छ । यही कारण पूर्व अध्यक्ष श्रेष्ठ र थापाका निकटहरु नेम्वाङसँग टाढिएका छन् । श्रेष्ठ÷थापासँग नजिक १० जनाले उठाएको पाँडेको बर्खास्तीको एजेन्डामा शेर्पा प्यानबाट विजयी भएका तीन जनाले पनि समर्थन गर्ने बताइन्छ ।

तर एन्फा कार्यसमितिभित्रको अंकगणितमा सबभन्दा कमजोर रहे पनि नेम्वाङहरुले श्रेष्ठ र थापा पक्षका माग सुनुवाई नगर्ने रणनीति लिएको बताइएको छ । जर्मनीबाट पाँडेले नेम्वाङको रिमोट कन्ट्रोल चलाइरहेको आरोपका बीच नेतृत्वले श्रेष्ठ÷थापा पक्षले ल्याउन चाहेका गौरव थापा, सुरेश शाह, अरुणमान जोशी, दीनेश ब्यन्जनकार र राजेन्द्र न्यौपानेहरुको बाटोमा तगारो हालेको आरोप छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो