यु २० साफ च्याम्पियनसिप

बंगलादेशविरुद्ध नेपालको पहिलो रोजाईमा एक परिवर्तन

काठमाडौं । साफ यु २० च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशविरुद्ध एक परिवर्तन गरेको छ ।

आइतबार राति भएको भारतविरुद्ध मैदान उतारेका मनग्य नकर्मीको स्थानमा मुख्य प्रशिक्षक मेघराज केसीले सन्दीप कार्कीलाई नै फर्काएका छन् । सन्दीपले त्यसअघिका दुई खेलमा पनि पहिलो रोजाईमा स्थान बनाएका थिए ।

भारतविरुद्ध ८–० को पराजय भोग्दा पहिलो रोजाइमा परेका अन्य १० खेलाडीले भने टिममा यथावत छन् । नेपालले राउन्ड रोबिन पद्धतिमा जारी प्रतियोगिताको शीर्ष दुईमा रहँदै फाइनल पुग्न नेपालका लागि आजको खेल महत्त्वपूर्ण छ ।

यसअघिका तीन खेलबाट ६ अंक जोडेको नेपालले आजको खेलमा तीन अंक हासिल गरे बंगलादेश समान ९ अंक बनाउने छ । मंगलबार नै हुने अर्को खेलमा भारत र माल्दिभ्स आमने सामने हुँदा त्यो खेलको नतिजाले पनि नेपालको यात्रामा प्रभाव पार्नेछ ।

नेपालको पहिलो रोजाई:

गोलकिपर: इश्वर गुरुङ
डिफेन्डर: अजय चौधरी, अमर श्रेष्ठ, अभिषेक वाइवा, सुमित श्रेष्ठ
मिडफिल्डर: आशिष राई, दिपेश गुरुङ, क्रितिश रत्न छुन्जु, सन्दीप कार्की
फरवार्ड: सुगम सुवाल, आयुष घलान