एएफसी

विश्वकप र एसियन कपका लागि एएफसीको नयाँ ढाँचा सार्वजनिक

काठमाडौं । एसियाली फुटबल महासंघ (एएफसी) ले सोमबार विश्वकप २०२६ र एसियन कप २०२७ को छनोट ढाँचा सार्वजनिक गरेको छ ।

एएफसीको कार्यकारी समितिले विश्वकप र एसियन कपका लागि नयाँ ढाँचा अनुमोदन गरेको हो । एएफसीले अनुमोदन गरेको नयाँ ढाँचाअनुसार विश्वकपका लागि चार चरणको छनोट हुनेछ ।

उत्तर अमेरिकी देश संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजन गर्ने २०२६ को विश्वकपका ४८ देशको सहभागिता हुनेछ । र, यसमा एसियाका आठ देशले सहभागिता छनोट हुनेछन् ।

नयाँ ढाँचाअनुसार फिफा वरीयताको २६ देखि ४७औं सम्म रहने टिमले पहिलो चरणको छनोट खेल्नुपर्नेछ । हाल नेपाल वरीयताको ३६औं स्थानमा छ । हालको वरीयताअनुसार नेपालले छनोटको पहिलो चरण नै खेल्नुपर्ने देखिएको हो ।