यु २० साफ च्याम्पियनसिप

यु २० साफः नेपालविरुद्ध पहिलो हाफमा भारतलाई अग्रता

भुवनेश्वर । यु २० साफ चाम्पियनसिपअन्तर्गत भारतविरुद्धको खेलको पहिलो हाफमा नेपाल १–० ले पछि परेको छ ।

भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा जारी खेलको ३२औं मिनेटमा टाइसन सिंह लोङटोङबाङले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए । उनले नेपाली गोलकिपर इश्वर गुरुङले बल समाउन नसक्दा आएको पाएको सुनौलो मौकामा टाइसनले हेडर गोल गरेका थिए ।

भारतलाई आज जित्नै पर्ने दबाब रहेको छ । यस्तै, आजको खेल जिते नेपाल एक खेल अगावै फाइनल पुग्नेछ ।

दुई खेलबाट ६ अंक जोडेको नेपाल तालिकाको दोस्रो स्थानमा छ । यस्तै, समान खेलबाट तीन अंक जोडेको भारत तालिकाको तेस्रो स्थानमा छ ।