इटालियन सिरी ए

युभेन्टसलाई स्वभाविक लयमा फर्काउने पोग्बाको चाहाना

मिलान । पाउल पोग्बा टोलीमा सहजै प्रभाव जमाउन सक्ने खेलाडी हुन् ।

हालै मात्र इटालियन सिरी ‘ए’ को क्लब युभेन्टस फर्किएका फ्रान्सेली मिडफिल्डर पोग्बा एकल प्रदर्शनमा टोलीको नतिजा परिवर्तन गर्ने क्षमता राख्छन् । तर ओल्ड ट्राफोर्डमा उनले यो छबीलाई न्याय दिन सकेनन् । 

ओल्ड ट्राफोर्डमा पोग्बा चल्न सकेनन् वा उनले आफ्नो क्षमता प्रमाणित गर्ने अवसर पाएनन्, यो पनि चर्चाको विषय हुन सक्छ ।

टुरिनमा भने उनको उपस्थितीको विशेष अर्थ रहने पक्का छ । उनी टोलीका एक प्रमुख खेलाडी हुन् । जाहाँ उनले आफ्नो स्वभाविक लय समेत फर्काउने अनुमान गरिएको छ ।

ओल्ड  ट्राफोर्डमा पोग्बा चल्न सकेनन् वा उनले आफ्नो क्षमता प्रमाणित गर्ने अवसर पाएनन्, यो पनि चर्चाको विषय हुन सक्छ ।
पोग्बोका बुझाई छ, युनाइटेडमा निरन्तर प्रशिक्षक परिवर्तनसँगै टोलीको रणनितीमा पनि परिवर्तन आइरह्यो । जसको असर प्रत्यक्ष रुपमा टोलीको नतिजामा देखियो । खेलाडीले आफ्नो स्वभाविक लय अनुसारको प्रदर्शन गर्न सकेनन् ।

‘प्रत्येक वर्ष नयाँ प्रशिक्षक, जसले गर्दा खेल्न निकै कठिन भयो’, पोग्बाले युभेन्टसमा अनुबन्ध भएपछि भनेका थिए,' म चोटका कारण पनि केही समय मैदान बाहिर रहे । चोटमुक्त भए पनि पर्याप्त अवसर मिलेन । जसले गर्दा मानसिक रुपमा पनि दबाब पर्यो र मैले स्वभाविक लय गुमाए । प्रशिक्षक र खेलाडीको सम्बन्ध सुमधुर हुनु, कुनै पनि क्लबको सफलताको एउटा पाटो हो, जुन मेरो हकमा हुन सकेन । तर अब मैले ओल्ड ट्राफोर्ड छोडिसके । अब तपाईहरुले पोग्बाको स्वभाविक लय देख्न सक्नु हुन्छ । म घर फर्किएको छु र निकै खुशी छु । '

पोग्बा स्वयंम आफू स्वभाविक लयमा फर्कदै युभेन्टसको गुमेको साख फर्काउन चाहन्छ ।

पछिल्लो केही सिजन युभेन्टसले आफूलाई उपाधि दाबेदारको रुपमा प्रस्तुत गर्न सकेको छैन । इन्टर मिलान र एसी मिलानले पछिल्लो दुई सिजन सिरी ‘ए’ को उपाधि जित्दा युभेन्टसले शीर्ष चारका लागि संघर्ष गर्नु परेको थियो ।

युभेन्टसका प्रशिक्षक मासिमिलियानो एलेग्रीका सबै भन्दा विश्वासिला खेलाडी हुन्, पोग्बा । एलेग्रीकै प्रशिक्षणमा पोग्बाले टुरिनमा विशेष प्रभाव जमाएका थिए । यी दुई पुनः एकै स्थानमा आइसकेका छन् । एलेग्रीकै आग्रहा पोग्बा पूर्व क्लब फर्किएका हुन् ।

पोग्बा स्वयंम आफू स्वभाविक लयमा फर्कदै युभेन्टसको गुमेको साख फर्काउन चाहन्छ । 

गत सिजन युभेन्टसले धेरै रणनितीहरु प्रयोग गर्यो । लिगको अन्तिममा भने युभेन्टसले ४-२-३-१ को रणनिती अपनाएको थियो ।

यस्तो अवस्थामा पोग्बा अट्याकिङ मिडफिल्डरको भुमिकामा रहने पक्का छ । अग्रपक्तिको जिम्मा भने डुसान भ्लाहोभिचको काँधमा रहनेछ ।