इङ्लिस प्रिमियर लिग

प्रशिक्षकको विश्वासलाई नतिजामा प्रमाणित गर्ने हाभार्टजको बाचा

लन्डन । चेल्सीका स्टइकर काइ हाभार्टज रोमेलु लुकाकुको अनुपस्थितीमा प्रशिक्षक थोमस टुचेलले आफूमाथि गरेको विश्वासको गुन तिर्न चाहन्छन् । साथै उनी यसै सिजन म्यानचेस्टर सिटीबाट स्टामफोर्ड ब्रिजमा आएका रहिम स्टर्लिङबाट पनि धेरै कुरा सिक्न आतुर छन् ।

कहिले चोटका कारण त कहिले प्रशिक्षकसँगको विवादका कारण लुकाकु टोलीबाहिर रहँदा टुचेलले चेल्सीको अग्रपंक्ति बलियो पार्ने भन्दै यसअघि हाभार्टजलाई फल्स नाइनमा प्रयोग गरेका थिए । तर, उनले सो विश्वासलाई नतिजामा प्रमाणित गर्न भने सकेनन् । उनले गत सिजन प्रिमियर लिगको २९ खेलमा मात्र आठ गोल गरेका थिए । 

त्यसैले टुचेलले यस पटक पनि हाभार्टजप्रति विश्वास गर्नु बाहेकको विकल्प नहुन सक्छ ।

लुकाकु एक सिजनका लागि लोनमा पूर्व क्लब इन्टर मिलान फर्किसकेका छन् । रोबर्ट लेवान्डोवस्की बार्सिलोना जाने पक्का भैसकेको छ भने चेल्सीले क्रिस्टियानो रोनाल्डोलाई भित्राउन इच्छुक नरहेको बताइसकेको छ । त्यसैले  टुचेलले यस पटक पनि हाभार्टजप्रति विश्वास गर्नुबाहेकको विकल्प नहुन सक्छ ।

हाभार्टज यस सिजन स्वभाविक लयमा फर्कने र टुचेलले आफूमाथि देखाएको विश्वासलाई प्रमाणित गर्न चाहन्छन् ।

हाभार्टले आफू स्टर्लिङबाट धेरै कुराहरु सिक्न आतुर रहेको पनि बताए । स्टर्लिङ गत साता पाँच वर्षका लागि स्टामफोर्ड ब्रिज आएका थिए ।

‘मैले यसअघिका वर्षहरुमा धेरै पोजिसनमा खेले तर गत सिजन मैले नम्बर नाइनको रुपमा खेले र म यसमा सन्तुष्ट छु, हाभार्टजले भने, मैले चार वर्ष अघि चेल्सीको जर्सीमा मैदान उत्रन्छु भनेर सोचेकै थिइन । पछिल्लो दुई वर्षमा भने मैले धेरै खेल्ने अवसर पाएको छु । फुटबलमा सधै एकै प्रकारको प्रदर्शन गर्नु कठिन पक्ष हो । हामीले प्रत्येक दिन खेल्नुपर्छ र हामीले सधै उच्च प्रदर्शन गर्नुपर्छ, उनले थपे, मैले सबै खेलमा एकै रुपको प्रदर्शन गर्न सकेको छैन । त्यसमा मैले धेरै सुधार गर्न आवश्यक छ।'

‘टोलीले मबाट धेरै भन्दा धेरै गोलको अपेक्षा गरेको हुन्छ जुन मैले गत सिजन गर्न सकिन । आशा छ नयाँ सिजनमा म गोल लयमा फर्कनेछु । एउटा खेलमा टोलीमा पर्ने र अर्को खेलमा टोलीबाहिर रहनु एउटा खेलाडीको लागि सामान्य विषय हो । सबै खेलमा सधै पाँच गोल गरिन्छ भन्ने छैन । सधै एकै प्रकारको प्रदर्शन गर्नु मेरा लागि चुनौती हो र म त्यसमा सुधार गर्न प्रतिबद्ध छु',हाभार्टजले भने ।’

हाभार्टले प्रशिक्षक टुचेलले आफूमाथि गरेको विश्वासलाई नतिजामा प्रमाणित गर्ने क्षण आएको समेत बताए ।

‘मलाई प्रशिक्षकले विश्वास गरेका छन् । मैले पनि प्रशिक्षकको विश्वास गर्नुपर्छ ।पछिल्लो दुई वर्ष टुचेलले मलाई गतिलो साथ लिएका छन् । मैले अझै जिम्मेवार भएर खेल्न आवश्यक छ ।आशा छ यो सिजन गत सिजनको भन्दा मेरो प्रदर्शनमा सुधार आउनेछ ।’

हाभार्टले आफू स्टर्लिङबाट धेरै कुराहरु सिक्न आतुर रहेको पनि बताए । स्टर्लिङ गत साता पाँच वर्षका लागि स्टामफोर्ड ब्रिज आएका थिए ।

‘हामी सबैलाई स्टर्लिङ महान खेलाडी हुन् भन्ने थाहा छ,’ हाभार्टजले भने, ‘पछिल्लो पाँच सिजन उनले सिटीका लागि सबै भन्दा धेरै गोल र धेरै असिस्ट गरेका छन् । यसले नै उनको क्षमण देखाउँछ । उनको आगमन हामीजस्ता युवा खेलाडीका लागि नयाँ कुराहरु सिक्ने सुनौलो अवसर हो ।’