इङ्लिस प्रिमियर लिग

टेन ह्यागको प्रशिक्षणमा युनाइटेड बलियोः भियरा

लन्डन । क्रिस्टल प्यालेसका प्रशिक्षक प्याट्रिक भियराले यस सिजन इरिक टेन ह्यागको प्रशिक्षणमा म्यानचेस्टर युनाइटेड इङलिस प्रिमियर लिगको उपाधि दाबेदार टोलीको रुपमा देखा परेको बताएका छन् । 

टेन ह्यागको प्रशिक्षण्मा युनाइटेडले प्रि–सिजनमा उत्कृष्ट प्रदर्शन गरिहेको छ । यस क्रममा युनाइटेडले लिभरपुल र मेलबर्नमाथि सहज जित निकालेको थियो । दुवै खेलमा युनाइटेडले चर गोल गरेको थियो ।

छैटौ स्थानमा बसेर सिजनको अन्त्य गरेसँगै युनाइटेडले  च्याम्पियन्स लिगको टिकट पक्का गर्न सकेन । 

युनाइटेडले सरुवा बजारमा पनि यस पटक आफ्नो दरिलो उपस्थिती देखाएको छ । युनाइटेडले  फेर्नउडका रक्षक टेरेल मालासिया, टोटनहम र ब्रेन्टफोर्डका मिडफिल्डर क्रिस्टियन इरिकसनलाई ओल्ड ट्राफोर्डमा भित्राइसकेको छ  । त्यस्तै युनाइटेड आयाक्स्का रक्षक लिसान्ड्रो मार्टिनेजलाई समेत अनुबन्ध गर्ने सहमती गरिसकेको छ ।

भियराले टेन ह्यागको आगमनपछि युनाइटेड थप बलियो बन्दै गएको बताए ।

‘लिभरपुल र मेलबर्नविरुद्धको खेलबाटै टेन ह्यागले टोलीमा लागु गरेको नयाँ रणनितीले काम गरेको देखिन्छ’, भियराले भने, ‘त्यसैले यस सिजन मैले युनाइटेडलाई प्रिमियर लिगको उपाधि दाबेदार टोलीको रुपमा लिएको छु ।’