यु २० साफ च्याम्पियनसिप

यु२० साफ च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार यु २० साफ च्याम्पियनसिपको लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ । 

भारतको भुवनेश्वरस्थित कलिंगा स्टेडियममा प्रतियोगिता जुलाई २५ बाट सुरु हुनेछ ।

मुख्य प्रशिक्षक मेघराज केसीको प्रशिक्षणमा रहेको नेपालले पहिलो खेलमा जुलाई २५ मा माल्दिभ्सको सामना गर्नेछ । नेपालले दोस्रो खेल जुलाई २७ मा श्रीलंका र  तेस्रो खेलमा जुलाई ३१ मा भारतको सामना गर्नेछ । समूह चरणको अन्तिम खेलमा नेपालले अगस्ट २ मा बंगलादेशसँग खेल्नेछ ।

यु २० टिमः
गोलकिपरः इश्वर गुरुङ, उनेस चौधरी, जियारत शेख

रक्षकः अमर श्रेष्ठ, सोनित दाहाल, आयुश श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइबा 

मिडफिल्डरः दिपेश गुरुङ, आशिष राई, सन्दिप श्रेष्ठ, जनमजय धामी, मोहित गुरुङ, कृतिस रत्न छुन्जु, सुगम सुवाल, जनग्या नकर्मी, आयुश घलान ।

स्ट्राइकरः दिपेश राई, निरञ्जन मल्ल, रोहन खड्गी