नेपाली फुटबल

फुटबलर एन्जिलालाई लिनिङको साथ

काठमाडौं । नेपाल राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बालाई खेल पोसाक कम्पनी लि निङले दुई वर्षका लागि ब्रान्ड एम्बेस्डर घोषणा गरेको छ ।

शुक्रबार एक समारोहका बीच ब्राण्ड एम्बेस्डर नियुक्तिको सम्झौता पत्रमा एपिएफ फुटबल क्लबकी एन्जिला र लि निङका सिइओ राज महर्जनले हस्ताक्षर गरे ।

सम्झौतासँगै एन्जिलाले पहिलो वर्ष पाँच–पाँच जोर ट्रयाकसुट, टिसर्ट, जुत्ता र मोजा प्राप्त गर्नेछिन् ।

एन्जिलाले ब्राण्ड एम्बेस्डरको सम्झौताबाट आफूलाई फुटबलमा अझ समर्पित भएर लाग्न हौसला थपिएको बताइन ।

‘अवसर पाउँदा खुसी छु । सहयोग पाउँदा धेरै सहज हुन्छ । मलाई मात्रै हैन अन्य खेलाडीलाई पनि सहयोग गरिदिनु होला । अन्य कम्पनीले पनि अन्य खेलाडीलाई साथ दिनेछन् भन्ने आशा गरेको छु,’ एन्जिलाले भनिन् ।

कार्यक्रममा अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य सरिला श्रेष्ठ, पूर्व उपाध्यक्ष उपेन्द्रमान सिंह, एन्फा महिला विभाग प्रमुख हरि खड्का लगायतको उपस्थिति थियो ।