इङ्लिस प्रिमियर लिग

लुकाकु नै भन्छन् : चेल्सी फर्कनु भुल थियो

युरोपमा नयाँ फुटबल सिजन सुरु हुनै लागेको छ । रोमेलु लुकालु बारम्बार चर्चामा छन् । बेल्जियमका यी प्रतिभाशाली खेलाडी अहिले चर्चामा छाउनुको कारण उनको खेल होइन, बोली हो । उनले भर्खरै भनेका छन्, ‘मेरा लागि चेल्सी फर्कनु भुल भयो ।’ 

गत सिजनको सुरुमा उनी उत्तिकै चर्चामा थिए, इन्टर छाडेर चेल्सी आएका थिए । इन्टरले त्यतिबेला भर्खर जसो सिरी ‘ए’ को उपाधि जितेको थियो । तर त्यही क्लब छाडेर उनी इङ्लिस  प्रिमियर लिगतिर लागे ।

उनलाई चेल्सीका समर्थकको समर्थन पनि मिलिरहेको थिएन । त्यसैले उनी फेरि इन्टर फर्के । त्यस अर्थमा यसलाई आश्चर्य नमाने हुन्छ । इन्टर छाड्दा पनि उनले त्यसका समर्थकलाई रुवाउने काम गरेका थिए । लिग जितेको त्यस सिजन उनी वास्तवमै उत्कृष्ट प्रदर्शन गर्न सफल थिए ।

चेल्सी आएयता उनले ठुल्ठूला कुरा गरेका थिए । तर एकै सिजन ती सबै दाबी कता हो कता हराए, अहिले लुसुक्क लुकाकु इन्टर फर्केका छन् । गत अगस्टमा चेल्सीले उनका लागि इन्टरलाई कीर्तिमानी ९ करोड ७५ लाख पाउन्ड तिरेको थियो । अहिले त्यही चेल्सीले उनलाई ऋणमा इन्टर फर्काइदिएको छ । स्टामफोर्ड ब्रिजमा उनको दोस्रो बसाइ वास्तवमै बिर्सनलायक रह्यो ।  उनले आठ गोलमात्र गरे । ९ करोड पाउन्डका खेलाडीले गरेका यी आठ गोल वास्तवमै निकै महँगा रहे ।

लन्डन फर्केयता एउटा अन्तर्वार्ताका क्रममा उनी विवादमा फसेका थिए । चेल्सीका लागि लय समात्न असफल रहेपछि उनले आफू लन्डनमा खुसी नरहेको बताएका थिए । उनलाई चेल्सीका समर्थकको समर्थन पनि मिलिरहेको थिएन । त्यसैले उनी फेरि इन्टर फर्के । त्यस अर्थमा यसलाई आश्चर्य नमाने हुन्छ । इन्टर छाड्दा पनि उनले त्यसका समर्थकलाई रुवाउने काम गरेका थिए । लिग जितेको त्यस सिजन उनी वास्तवमै उत्कृष्ट प्रदर्शन गर्न सफल थिए ।

‘म अहिले खुसी छु, फेरि इन्टरको जर्सी लगाएर खेल्ने गइरहेको छु । सबैलाई थाहा छ, मैले इन्टरका लागि के गर्नु छ भनेर । त्यसैले मेरो अगाडि सबैभन्दा चुनौतीपूर्ण सिजन छ । जतिबेला चेल्सीमा थिएँ, त्यही बेला मैले महसुस गरेको थिएँ, इन्टर मेरा लागि कति महत्त्वपूर्ण छ भनेर । तर दुःख के रह्यो भने इन्टरको महत्व इन्टर छाडेपछि मात्र महसुस भयो । यति महसुस गर्न पनि ढिला पनि भइसकेको थियो ।’

तर, किन हो लुकाकुले लन्डनको बाटो रोजे । इन्टरमा बिताएको त्यस एक सिजनलाई सम्झेर उनी चुक्चुकाइरहेका छन् । इन्टरका लागि ९५ खेलमा उनले ६४ गोल गरेका थिए । इन्टरका प्रशिक्षक थिए एन्टोनियो कोन्टे । उनी अचेल टोटनहममा छन् । तिनै कोन्टे र लुकाकुको साझेदारीले इन्टर लामो समययता लिग जित्न सफल भएको थियो । अहिले भर्खरको अन्तर्वार्तामा उनले भनेका छन्, ‘इन्टरका लागि राम्रो खेलिरहेको थिएँ, तर त्यही क्लब छाडें । यो मेरो भुल भयो ।’

अहिले कस्तो महसुस गरिरहेका छन् त उनी ? लुकाकु भन्छन्, ‘म अहिले खुसी छु, फेरि इन्टरको जर्सी लगाएर खेल्ने गइरहेको छु । सबैलाई थाहा छ, मैले इन्टरका लागि के गर्नु छ भनेर । त्यसैले मेरो अगाडि सबैभन्दा चुनौतीपूर्ण सिजन छ । जतिबेला चेल्सीमा थिएँ, त्यही बेला मैले महसुस गरेको थिएँ, इन्टर मेरा लागि कति महत्त्वपूर्ण छ भनेर । तर दुःख के रह्यो भने इन्टरको महत्व इन्टर छाडेपछि मात्र महसुस भयो । यति महसुस गर्न पनि ढिला पनि भइसकेको थियो ।’

लुकाकुको कथाको सन्देश हो, खेलाडीले खेल्नुपर्छ बढी बोल्ने होइन । खासमा उनी अन्तर्राष्ट्रिय स्तरकै अब्बल खेलाडी हुन् । उनी खेल्नमा मात्र राम्रो होइनन्, पढाइमा पनि उत्तिकै राम्रा छन् । खेलाडी भएर पढ्नुपर्छ भन्नेमा उनी जोड दिन्छन् । तर उनले यसबीच एकाध त्यस्ता अन्तर्वार्ता दिए, जसले उनलाई फाइदा होइन उल्टै धेरै बेफाइदा गर्यो । अब त उनले चेल्सी जानु गल्ती भएको मान्छन् । हेरौं, अबको सिजन उलने इन्टरका लागि भने कस्तो खेल्नेछन् ?

–मिररको सहयोगमा