हेराल्ड एसइइ कप

तेस्रो हेराल्ड एसइइ कप बास्केटबलः ऋत र ग्रान्डीलाई उपाधि

काठमाडौं । ऋत एकेडेमी र ग्रान्डी स्पोर्टस सेन्टरले तेस्रो हेराल्ड एसइइ कप बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् ।

बसुन्धारास्थित आयोजक हेराल्ड इन्टरनेसनल कलेजको कोर्टमा शुक्रबार भएको फाइनलमा छात्रतर्फ ऋतले बलर्स एकेडेमीलाई २०-८ ले पराजित गर्यो । छात्रातर्फ ग्रान्डीले बलर्स एकेडेमीलाई ७-५ ले हराउँदै उपाधि जित्यो ।

प्रतियोगिताको छात्र र छात्रातर्फको शीर्ष चार टिमले क्रमशः १० हजार, सात हजार, पाँच हजार र तीन हजार रुपैयाँ प्राप्त गरेको आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताको विधागततर्फ ऋतका जेबिश मगर र ग्रान्डीकी दिया गुरुङ ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भए । दुवैले जनही एक हजार पाँच सय रुपैयाँ पुरस्कार पाए ।

दुईदिनसम्म चलेको प्रतियोगितामा छात्रतर्फ ८४ र छात्रातर्फ २० गरी एक सय चार टिमले नकआउट पद्दतिमा प्रतिस्पर्धा गरेका थिए ।