अर्जेन्टिना

मेसीलाई विश्वकप जित्न अन्तिम मौका यही हो ?

ब्युनस आयर्स । साउदी अरब, मेक्सिको र पोल्यान्डसँग समूह ‘सी’मा परेको अर्जेन्टिना विजयी हुँदै नकआउटमा पुग्ने सम्भावना छ दक्षिण अमेरिकी छनोटमा अपराजित टिम । लियोनेल स्कालोनीको टिम गत वर्ष कोपा अमेरिका जितेयता उच्च फर्ममा छ ।

लियोनेल मेसी नेतृत्वको अर्जेन्टिना विश्वकपको प्रमुख दाबेदारमध्ये एक टिम हो । अर्जेन्टिनाको समूह चरणको दोस्रो अर्थात् मेक्सिकोविरुद्धको खेल दन्त्यकथा समान हुनेछ । मेक्सिकन टिमको मुख्य प्रशिक्षक अर्जेन्टाइन टाटा मार्टिनो छन् । जसले आफ्नो राष्ट्रिय टिमलाई सन् २०१५ र १६ मा लगातार कोपा अमेरिकाको फाइनलमा पुर्र्याएका थिए ।

तर, यसपाली उनको वफादारी यसपाली अर्जेन्टिनाको विरुद्धमा हुनेछ, जब मेक्सिको र अर्जेन्टिना नोभेम्बर २६ मा आमनेसामने हुनेछन् । त्यसबाहेक अर्को कथा र त्यसको चर्चा अहिले नै सुरु भएको छ, अन्ततः मेसीले विश्वकप जित्छन् ?

उनीहरू के भन्छन् ?

‘हामी जोसँग परे पनि स्वीकार्न तयार छौं । यो समूहमा केही कठिन प्रतिद्वन्द्वी छन् । मेक्सिको एउटा विपक्षी टिम हो, त्यो हामीलाई थाहा छ । पोल्यान्डले स्वीडेनलाई दबाबमा राखेर पाखा लगाएको थियो । साउदी अरब पनि राम्रोसँग छनोट भएको थियो । हामी सबैलाई सम्मान गर्छौं । हामी राम्रो प्रदर्शन गरेर समूह चरणमा सफल हुनेमा विश्वस्त छौं । तर, हामीले सबै विपक्षी टिमलाई गर्ने सम्मान महत्त्वपूर्ण छ,’ अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कोलोनीले भनेका छन् ।

फाइनल पुग्ने अर्जेन्टिनाको सम्भावित ‘रुट’

समूह ‘सी’

नोभेम्बर २२– अर्जेन्टिनाविरुद्ध साउदी अरब
नोभेम्बर २६– अर्जेन्टिनाविरुद्ध मेक्सिको
नोभेम्बर ३०– पोल्यान्डविरुद्ध अर्जेन्टिना

अन्तिम १६ (यदि अर्जेन्टिना समूह ‘सी’ विजेता बन्यो भने)

डिसेम्बर ३– अर्जेन्टिनाविरुद्ध डेनमार्क

क्वार्टरफाइनल

डिसेम्बर ९– नेदरल्यान्ड्सविरुद्ध अर्जेन्टिना

सेमिफाइनल

डिसेम्बर १३– अर्जेन्टिनाविरुद्ध ब्राजिल

फाइनल

डिसेम्बर– अर्जेन्टिनाविरुद्ध इङ्ल्यान्ड

मुख्य खेलाडी

कसैका लागि मेसी सर्वकालिन महान् फुटबलर हुन् । तर, अर्जेन्टिनाका लागि त्योभन्दा धेरै हुन् ।

गत वर्ष मेसीले आफ्नै नेतृत्वमा अर्जेन्टिनालाई कोपा अमेरिका च्याम्पियन बनाए । जुन १९९३ पछि अर्जेन्टिनाले जितेको पहिलो ठूलो प्रतियोगिता थियो । त्यो उपाधिसँगै मेसी अर्जेन्टिनी दर्शकको वर्षौंदेखिको निराशा र घृणालाई प्रेममा परिणत गर्न सफल भएका थिए ।

बार्सिलोनाका पूर्व ‘आइकन’ तथा अहिले पेरिस सेन्ट जर्मनका ३५ वर्षीय स्टार फरवार्ड मेसी अर्जेन्टिनाको विश्वकप आशाका मेरुदण्ड हुन् । सन् १९८६ मा डिएगो म्याराडोनाले अर्जेन्टिनलाई पछिल्लो पटक विश्वकप जिताएका थिए ।

सन् २०१८ मा अर्जेन्टिनाको प्रदर्शन कस्तो थियो ?

२०१४ को विश्वकप फाइनल पेनाल्टी सुटआउटमा पुग्न सात मिनेट बाँकी रहँदा गोल खाँदै उपाधिबाट वञ्चित अर्जेन्टिना रुसमा झण्डै समूह चरणबाटै बाहिरिनु परेको थियो ।

समूह चरणको पहिलो खेलमा आइसल्यान्डसँग १–१ गोलको बराबरीमा रोकिएको अर्जेन्टिना अन्ततः फाइनलिस्ट क्रोएसियासँग ३–० ले पराजित भएको थियो । समूह चरणको अन्तिम खेलमा नाइजेरियालाई २–१ ले पराजित गर्दै अर्जेन्टिना नकआउट चरणमा पुगेको थियो ।

तर, अन्तिम १६ मा फ्रान्सँग ४–३ गोलको नतिजामा पराजित हुँदै अर्जेन्टिना प्रतियोगिताबाट बाहिरिएको थियो ।

प्रशिक्षक को हुन् र उनको सफलता कस्तो छ ?

अन्तरिम प्रशिक्षकको रुपमा अर्जेन्टिनाको बागडोर सम्हालेका स्कालोनी नायक बनिसकेका छन् । यसअघि अर्जेन्टिनाको यु २० टिमलाई प्रशिक्षण गराएका ४३ वर्षीय प्रशिक्षक स्कालोनीमाथि सबैको विश्वास छ ।

उनी टिममा रहिरहनुको अर्को कारण भनेको मेसीसँगका सम्बन्ध पनि हो । खेल जीवनमा लाजिओ, डिपोर्टिभो ला कोरुना र वेस्ट ह्यामका विङ्ग ब्याक स्कालोनी अर्जेन्टिनाको प्रशिक्षण हुँदा ठूला नाम थिएनन् । तर, यदि अर्जेन्टिनाले यसपाली विश्वकप जिते उनको नाम कहिल्यै बिर्सिइने छैन ।