एन्फा निर्वाचन

एन्फा निर्वाचन उम्मेदवार परिचय: उपाध्यक्षमा विन्दास फुटबलर विराट दाईको चुनौती

काठमाडौं । विराटजंग शाहीका लागि फुटबल नै सबथोक हो । फुटबलविनाको जीवन उनका लागि कल्पनाभन्दा बाहिर छ । फुटबलकै कारण त हो, ‘विराट दाई’ नामले उनलाई देशव्यापी रुपमा लोकप्रिय बनाएको । फुटबल नहुँदो हो त विराट दाईका किस्सा पनि हुँदैनथे । त्यसोत, विराट दाई नभएको भए पनि नेपाली फुटबललाई रोमाञ्चित बनाइरहने, जीवन्त राखिरहने यति धेरै किस्साहरु हुँदैनथे होला ।

काठमाडौंको नक्सालका स्थायी बासिन्दा शाहीको दैनिकी त्यही सानो गौचरण मैदानको पसलमा चिया पिएर सुरु हुन्छ । त्यसपछि पूरा बिहान त्यही मैदानमा फुटबल गतिविधिमै बित्छ । त्यसपछि मात्र उनलाई भोक लाग्छ ।

हो, विराट दाई आफैंमा एउटा विन्दास फुटबलर हुन् । ५३ वर्षको उमेरमा पनि प्रत्येक दिन फुटबल मैदान नपुगी उनको दैनिकी सुरु हुन्न । होस पनि कसरी आफू हुर्किएको सानो गौचरणको मैदान विराट दाईको आँगन नै हो ।

काठमाडौंको नक्सालका स्थायी बासिन्दा शाहीको दैनिकी त्यही सानो गौचरण मैदानको पसलमा चिया पिएर सुरु हुन्छ । त्यसपछि पूरा बिहान त्यही मैदानमा फुटबल गतिविधिमै बित्छ । त्यसपछि मात्र उनलाई भोक लाग्छ ।

‘ग्राउन्ड (सानो गौचरण) जान पाएन भने त खाना पनि रुच्दैन । के नपुगे के नपुगेजस्तो लाग्छ,’ शाही भन्छन् ।

खेलाडी डटकमको टिम पुग्दा पनि उनी सानो गौचरण मैदानको छेउमा बसेर स–साना बच्चाहरु खेलिरहेको सिठी बजाउँदै हेर्दै थिए । रमाइलो मान्दै । ‘हेर्नुस त, फुटबल भन्ने चिज कस्तो ! आफै खेल्न पाइएन भने यी बच्चाहरु खेलेको हेर्दा पनि आनन्द आउने,’ विराट दाई भन्दै थिए । त्यसैले त भनेको ‘फुटबल नभए उनको जीवन कति सुन्य हुन्थ्यो होला ।’

सानो गौचरण मैदान काठमाडौंका विभिन्न क्लबको अभ्यास मैदान हो । यसबाहेक स्कुल स्तरका, टोल स्तरका प्रतियोगिताहरु पनि भइरहन्छन् । त्यसबाट पनि मैदानले फुर्सत पाउँदैन । उनै विराट दाईको संयोजनमा भेट्रान्स फुटबल पनि भइरहन्छ । अनि चलिरहन्छ विराट दाईको मुखबाट फुटबलका किस्सा श्रवणको अभ्यास ।

त्यतिबेला भारतको बिहारतिर नेपाली फुटबलको क्रेज थेगिनसक्नु हुन्थ्यो । नेपाली टिमको खेल छ भनेपछि रंगशालामा थेगिनसक्नु दर्शक ओहिरिन्थे । जुन आयोजकको मुख्य आर्थिक स्रोत बन्ने गर्थ्यो । साथमा त्यहाँका मुखिया वा ठालुहरु फुटबलप्रेमी भए त माहोल झनै महोत्सवमय हुन्थ्यो ।

उसोत, मनाङ मर्स्याङ्दी र फ्रेन्ड्स तथा नेपाली राष्ट्रिय टोलीका पूर्व खेलाडी एवं एन्फा (अखिल नेपाल फुटबल संघ)का पूर्व कोषाध्यक्ष विराट दाईको स्मरणमा नेपाली फुटबलसँग सम्बन्धित थुप्रै किस्सा छन् । तिमध्ये एउटा निक्कै रोचक छ ।

त्यतिबेला भारतको बिहारतिर नेपाली फुटबलको क्रेज थेगिनसक्नु हुन्थ्यो । नेपाली टिमको खेल छ भनेपछि रंगशालामा थेगिनसक्नु दर्शक ओहिरिन्थे । जुन आयोजकको मुख्य आर्थिक स्रोत बन्ने गर्थ्यो । साथमा त्यहाँका मुखिया वा ठालुहरु फुटबलप्रेमी भए त माहोल झनै महोत्सवमय हुन्थ्यो ।

एकपटक विराट दाईकै कप्तानीमा नेपालको एउटा एसेम्बल्ड टिम भारत बिहारको कुनै ठाउँमा स्थानीय प्रतियोगिता खेल्न गएको रहेछ । नेपाली टोली सेमिफाइनलमा त्यहीँको स्थानीय टिमसँग १–० को नतिजामा पराजित भयो । खेलाडीहरु सबैलाई घरको नियास्रो लाग्न थालिसकेको थियो । खेल पनि हारेपछि त्यहाँ बस्नुको अर्थ बाँकी रहेन ।

रंगशालाबाट हतारहतार टिम होटल पुग्यो । फ्रेस भएपछि गुन्टा कसेर स्टेसनसम्म जानका लागि रिक्सा बोलाइदिन अनुरोध गरेर सबै खेलाडीहरु होटलको लबीमा आराम गरिरहेका थिए । अचानक चार÷पाँच वटा एम्बेस्डर कार होटलमा आइपुगे । कारमा आयोजकहरु बन्दुकधारी सहयोगीहरुसहित आइपुगेका थिए ।

उनीहरु नेपाली टोलीका खेलाडीलाई भेट्न आएका रहेछन् । तर, त्यहाँ उनीहरुले नचाहेको दृष्य देखियो । खेलाडीहरु त गुन्टा कसेर घर फर्किनका लागि तम्तयार थिए । त्यसपछि आयोजकको एकजनाले सोध्यो, ‘ए भाइ क्या हो रहा है यहाँ ? आपलोग कहाँ जा रहे है ।’

टिम कप्तान भएकाले विराट दाईले उत्तर दिए, ‘हम म्याच हारगएँ, अब घर जा रहे है ।’

आयोजकले फेरि सोध्यो, ‘कौन बोला आपलोग हारे ? आपने तो आजका म्याच जिता है ।’

विराट दाईले जवाफ फर्काए, ‘नहीँ नहीँ, अभि तो हम म्याच हार कर आएँ है । उन लोगोने म्याच १–० से जिता था ।’

आयोजक किन मान्थ्यो र, भन्यो, ‘नही वो म्याचकै बाद हम आयोजकका मिटिङ था । इसिलिए यहाँ आनेमै थोडासा देरी हुवा । और मिटिङने आपलोगोको आयोजककी तरफसे दो गोल देनेका निर्णय किया है । म्याच आपलोगो ने २–१ से जिता है । अब अपना सामान रुममे रख्खिए, और फाइनलकी तयारी किजिइए ।’

सानो गौचरण मैदानकै छेउमा जन्मेहुर्केका शाही वाल्यकालमा बक्सिङ र हक्की खेलप्रति बढि आकर्षित थिए । तर सन् १९८२ बाट भने उनी फुटबलमा एकोहोरिए । उनले त्यसको एक वर्षपछि बैंककमा सम्पन्न प्रथम प्रिन्सेस यु १३ फुटबल प्रतियोगिता खेल्न जाने नेपाली टोलीको कप्तान शाही भइसकेका थिए । सो प्रतियोगितामा नेपाल तेस्रो भयो ।

दुई दिनपछि भएको फाइनलमा नेपाली टोलीले उपाधि जितेरै फर्किएछ । त्यो ठूलो शिल्ड विराट दाईको घरमा अहिले पनि सुरक्षित छ । विराट दाईका अनुसार आयोजकले नेपाली टिम नभए फाइनल रमाइलो हुन्न भनेर सेमिफाइनल जित्ने टिमलाई केही पैसा दिएर हार स्वीकार्न लगाएको रहेछ ।

सानो गौचरण मैदानकै छेउमा जन्मेहुर्केका शाही वाल्यकालमा बक्सिङ र हक्की खेलप्रति बढि आकर्षित थिए । तर सन् १९८२ बाट भने उनी फुटबलमा एकोहोरिए । उनले त्यसको एक वर्षपछि बैंककमा सम्पन्न प्रथम प्रिन्सेस यु १३ फुटबल प्रतियोगिता खेल्न जाने नेपाली टोलीको कप्तान शाही भइसकेका थिए । सो प्रतियोगितामा नेपाल तेस्रो भयो ।

त्यसो त उनले १९८२ बाटै मनाङ मर्स्याङदी क्लबबाट व्यवसायिक फुटबल यात्रा सुरु गरिसकेका थिए । मनाङको सफलताको यात्राका उनी अभिन्न सदस्य हुन् । मनाङले सहिद स्मारक लिग संरचनाको ‘डी’ डिभिजनबाट ‘सी’ र ‘बी’ हुँदै ‘ए’ डिभिजनमा बढुवा हुँदा र उपाधि जित्दासम्म एउटै खेल हार्नुपरेन । शीर्ष डिभिजनमा लगातार दुई पटक उपाधी जित्यो । नेपाली फुटबलको निर्विवाद महारथी मनाङको त्यो समयलाई स्वर्णिम समयका रुपमा मानिन्छ । शाही त्यही समयको मनाङका मुख्य रक्षक थिए । रक्षापंक्तिमा निक्कै जब्बर र ‘रणनीतिक’ रुपमा प्रस्तुत हुने शाहीलाई उछिनेर बल अघि बढाउनु विपक्षी टोलीका स्ट्राइकरलाई हम्मे पर्ने गर्थ्यो ।

विराट दाईले जनकपुर चुरोट कारखाना, फ्रेन्डस क्लब, आरएनएसी, थ्री स्टार र फ्रेन्डस क्लबबाट समेत व्यावसायिक फुटबल खेले । उनले १९८५ देखि १९९४ सम्म निरन्तर नेपाली राष्ट्रिय फुटबल टोलीको प्रतिनिधित्व गरे ।

उनी काठमाडौं जिल्ला फुबटल संघको अध्यक्ष रहँदा प्रतिनिधिको रुपमा एन्फा राजनीतिमा प्रवेश गरेका थिए । २०५६ सालमा शाहीलाई एन्फाका तत्कालिन अध्यक्ष गणेश थापाले कोषाध्क्षमा नियुक्त गरे । २०७४ साल सम्म पनि उनी एन्फाको कोषाअध्यक्षको भुमिकामा थिए ।

२०७४ सालको चुनावमा भने उनले उपाध्यक्षमा उम्मेदवारी दिए । तर उनको प्यानलले बीचमै चुनावमा वाकओभर दियो । शाही पनि तीन मतले पराजित भए । चेन्ज एन्फाको नारा लिएर आएका कार्माछिरिङ शेर्पा प्यानलसहित विजयी भए । तर फुटबलविनाको जीवन कल्पना गर्न नसक्ने शाहीले फेरी असार ७ गते हुने निर्वाचनका लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

चार उपाध्यक्ष पदका लागि दुई प्यानलबाट गरि आठजनाको उम्मेदवारी परेको छ । जहाँ शाही रहेको एन्फाका वर्तमान वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ प्यानलबाट उनीसहित सुन्दरनरसिंह जोशी, दावा लामा र दीपक खतिवडा छन् । वर्तमान अध्यक्ष शेर्पा प्यानलबाट उपेन्द्रमान सिंह, दीर्घबहादुर केसी (कुमार), रत्नकुमार श्रेष्ठ र विज्ञानराज शर्माको उम्मेदवारी परेको छ ।

‘शेर्पाले चेन्ज एन्फाको एजेण्डा उठाउँदै एक पछि अर्को मुद्दा हाल्दा हामी पाँच पटक अख्तियारमा बयानका लागि गएका छौं,’ शाहीले भने, ‘पाँचै पटक हामीमाथिको अरोप प्रमाणित हुन सकेन । तर शेर्पा पछिल्लो चार वर्ष नेतृत्वमा रहँदा सबै भन्दा बढि उठेको विषय भनकै एन्फामा आर्थिक पारर्दशीता भएन भन्ने रह्यो र त्यो आवाज बाहिर मात्र उठेन उनकै टोली भित्र पनि उठ्यो । उनकै टोली अहिले दुई समूहमा विभाजन भएर निर्वाचनमा होमिएको छ ।’

शेर्पा चार वर्ष नेतृत्वमा रहँदा शाहीसहित ललितपुर, भक्तपुर र धादिङ जिल्ला फुटबल संघको नेतृत्वले चुनावमै आर्थिक चलखेल भएको भन्दै विरोध जनाए । प्रमाणसहित अदालतमा मुद्दा समेत दर्ता गरे । तर त्यसको सुनुवाई नै भएन । तर पनि उनीहरु शेर्पा नेतृत्वविरुद्ध निरन्तर संघर्षमा रहे ।

‘शेर्पाले चेन्ज एन्फाको एजेण्डा उठाउँदै एक पछि अर्को मुद्दा हाल्दा हामी पाँच पटक अख्तियारमा बयानका लागि गएका छौं,’ शाहीले भने, ‘पाँचै पटक हामीमाथिको अरोप प्रमाणित हुन सकेन ।  तर शेर्पा पछिल्लो चार वर्ष नेतृत्वमा रहँदा सबै भन्दा बढि उठेको विषय भनकै एन्फामा आर्थिक पारर्दशीता भएन भन्ने रह्यो र त्यो आवाज बाहिर मात्र उठेन उनकै टोली भित्र पनि उठ्यो । उनकै टोली अहिले दुई समूहमा विभाजन भएर निर्वाचनमा होमिएको छ ।’

वर्तमान अध्यक्ष शेर्पाले थुप्रै झुठा कुरा गरेर मानिसहरुलाई दिग्भ्रमित पारेको शाही आरोप लगाउँछन् ।

‘शेर्पाले आफू आउनुअघि नेपाली फुटबलमा हुँदै नभएको ग्रासरुटको कार्यक्रम आफूले गरेकोजस्तो हास्यास्पद कुरा गरिरहेका छन् । हामीले २०५४ सालमै ग्रासरुटको कार्यक्रम सुरु गरेका थियौ,’ शाहीले भने, ‘म स्वयम एन्फा एकेडेमीको पहिलो ब्याचको प्रशिक्षक समेत थिएँ । उहाँ पहिले लेखा शाखा थियो, अहिले एकाउन्ट शाखा स्थापना गर्यौ भन्नु हुन्छ । यो मैले बुझ्न सकेको छैन । प्यानलनै जितेर आउँदा पनि उहाँहरु काम गर्न दिइएन भन्नु हुन्छ । कसले काम गर्न दिएन । त्यो पनि त भन्नु पर्छ नी ।’

पछिल्लो चार वर्ष एन्फाको प्रतिपक्षमा रहेका शाहीले अघिल्लो चुनावमा शेर्पा पक्षमै रहेका नेम्वाङको प्यानल रोज्नुका कारण छन् । भन्छन्, ‘हामी नेपाली फुटबल विकासका लागि वर्तमान नेतृत्व परिवर्तन हुनुपर्छ । यो नेतृत्व भ्रष्ट भयो भनेर निरन्तर आवाज उठाइरहेका थियौं । पंकजजी लगायतका साथीहरु पनि यही आवाज उठाइरहनु भएको छ । त्यसैले विगतमा हामी भिन्न समूहमा रहे पनि अहिले भने साझा एजेण्डा बनाएर अघि बढेका छौ ।’

शाहीले वर्तमान एन्फा नेतृत्वले खेलाडीको हकहित र सेवा सुविधाका लागि केही गर्न नसकेको आरोप लगाउँदै आफूहरु निर्वाचित भए यही कामलाई पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए ।

‘खेलाडी, रेफ्री र कर्मचारीले समय अनुसारको सेवा सुबिधा पाउनुपर्छ भन्ने मेरो पहिलो प्राथमिकता हो । विगतमा खेलाडीलाई दिइँदै आएका पुरस्कारका कार्यक्रमहरु अहिले स्थगित छन् । पुरस्कारमा समेत खेलाडीलाई अन्यायमा पार्र्र्दै भागवण्डा गरिन थालेको छ,’ शाहीले भने, ‘हामी खेलाडीलाई दिइँदै आएको पुरस्कारका कार्यक्रमहरुलाई निरन्तरता दिन्छौ । अहिले भइरहेको लिगलाई व्यवस्थित बनाउँदै लैजान्छौ । नयाँ खेलाडीहरु आउने बाटो भनेको प्रतियोगिता र ट्रेनिङ सेन्टरहरु हुन् । त्यसको सञ्चालनमा हाम्रो विशेष ध्यान हुनेछ ।’