नेपाली क्रिकेट

आइसिसी लिग २: घरेलु टिमविरुद्ध नेपाल फिल्डिङमा

ह्युस्टन । आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय शृंखलाका लागि अमेरिका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले घरेलु टोलीविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।

पियरल्यान्डस्थित मुसा क्रिकेट मैदानमा भएको टस जितेपछि नेपाली टिमका कप्तान सन्दीप लामिछानेले फिल्डिङको निर्णय गर्दै अमेरिकालाई ब्याटिङको निम्तो दिए ।

अमेरिकाविरुद्धको खेलमा नेपालको सुरुआती ११ ओमानविरुद्धकै रहेको छ ।

शृंखलाअन्तर्गत यसअघिको खेलमा नेपाल र अमेरिकाबीचको खेल ‘टाइ’ भएको थियो । यस्तै, त्यसअघिको पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो । यद्यपि, नेपालले ओमानविरुद्धको दोस्रो खेलमा भने सात विकेटको सहज जित निकालेको थियो ।

नेपाली टिमः

कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), दीपेन्द्रसिंह ऐरी, देव खनाल, रोहित पौडेल, आरिफ शेख, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने (कप्तान), सागर ढकाल