मास्टर्स ट्रायथलन

ओलम्पिक डेमा मास्टर्स ट्रायथलन हुने

काठमाडौं । नेपाल ट्रायथलन संघको आयोजनामा तेस्रो मास्टर्स ट्रायथलन असार चार गते हुने भएको छ ।

ठिमीस्थित बोडेमा हुने प्रतियोगिता ओलम्पिक दिवसको अवसरमा आयोजना हुन लागेको हो ।

उक्त प्रतियोगितामा एक सय मिटर पौडी, ३.५ किलोमिटर साइक्लिङ र एक किलोमिटर दौडको रिले हुने संघका महासचिव युवराज सुनुवारले जानकारी दिएका छन् ।

प्रतियोगितामा प्रतिष्ठित व्यक्तिहरु लगायत एक सय खेलाडीहरुले सहभागिता जनाउने संघका महासचिव सुनुवारले बताए ।