युइएफए नेसन्स लिग

डिफेको निर्णायक गोलमा नेदरल्यान्ड्सले वेल्सलाई हरायो

एम्स्टरड्याम । इन्जुरी समयमा मेम्फिस डिपेले निर्णायक गोल गरेपछि युइएफए नेसन्स लिगअन्तर्गत मंगलबार भएको समूह ए४ को खेलमा नेदरल्यान्ड्सले वेल्समाथि ३–२ को रोमाञ्चक जित निकालेको छ ।

घरेलु मैदानमा सम्पन्न खेलको १७औं मिनेटमा नाओ लाङले गरेको गोलबाट नेदरल्यान्ड्सले अग्रता लिएको थियो । त्यसको ६ मिनेटपछि कोडी गाक्पोले नेदरल्यान्ड्सको अग्रता दोब्बर पारेका थिए ।

खेलको २६औं मिनेटमा ब्रेनमन जोनसनले वेल्सबाट पहिलो गोल फर्काएका थिए । यस्तै, इन्जुरी समयमा प्राप्त पेनाल्टीमा गोल गर्दै कप्तान ग्यारेथ बेलले वेल्सलाई बराबरीमा फर्काएका थिए । तर, त्यसको अर्को मिनेटमा डिफेले गोल गर्दै नेदरल्यान्ड्सलाई ३–२ को रोमाञ्चक जित दिलाएका थिए ।

जितसँगै चार खेलबाट १० अंक जोडेको नेदरल्यान्ड्स तालिकाको शीर्ष स्थानमा छ । यस्तै, समान खेलबाट एक अंक जोडेको वेल्स तालिकाको पुछारमा छ ।