युइएफए नेसन्स लिग

बेल्जियमको जितमा बाट्स्वायीको निर्णायक गोल

वार्सा । मिची बाट्स्वायीको निर्णायक गोलप्रेरित बेल्जियमले मंगलबार युइएफए नेसन्स लिगमा पोल्यान्डलाई १-० ले पराजित गरेको छ ।

पछिल्लो हप्ता पोल्यान्डलाई ६-१ ले पराजित गरेको बेल्जियमले मंगलबार भने थिबाउट कोर्टुवा, केभिन डी ब्रुयना र रोमेलु लुकाकुजस्ता स्टार खेलाडीलाई बेन्चमै राखेका थिए ।

तर, बाट्स्वायीले खेलको १६औं मिनेटमा गरेको गोल नै स्टार खेलाडबीनै बेल्जियमलाई जित दिलाउँन पर्याप्त बन्यो ।

नेसन्स लिगमा नेदरल्यान्ड्ससँग ४-१ को हार र वेल्ससँग १-१ को बराबरीमा रोकिएको बेल्जियमले पोल्यान्डसँगको जितसँगै प्रतियोगितामा आफू दाबेदारको रुपमा कायम राखेको छ ।

जितसँगै चार खेलबाट सात अंक जोडेको बेल्जियम तालिकाको दोस्रो स्थानमा छ । यस्तै, समान खेलबाट चार अंक जोडेको पोल्यान्ड तेस्रो स्थानमा छ ।