टोटनहम

पेरिसिच टोटनहममा

लन्डन । इङ्लिस क्लब टोटनहमले इभान पेरिसिचलाई इन्टर मिलानबाट ‘फ्रि ट्रान्सफर’ मा अनुबन्ध गरेको छ ।

क्रोयसियाका ३३ वर्षिय विंगर पेरिसिचसँग टोटनहमले दुई वर्षको सम्झौता गरेको हो । यो सँगै पेरिसिचले पुनः एकपटक एन्टोनियो कोन्टेको प्रशिक्षणमा रहेर खेल्ने भएका छन् ।

यसअघि सन् २०२०–२१ को सिजन कोन्टेले इन्टरको प्रशिक्षण सम्हाल्दा यी दुईबीच सहकार्य भएको थियो ।

सम्झौतासँगै पेरिसिचले टोटनहमले च्याम्पियन्स लिगमा स्थान पक्का गर्नु सम्झौताको ठूलो कारण भएको बताए ।

‘मैले टोटनहमको अन्तिमका दुई वा तीन खेल हेरेको थिए,’ कोन्टेले भने, ‘आर्सनलसँगको जितपछि टोटनहम च्याम्पियन्स लिगमा छनोट हुने पक्का भयो र मेरो लागि यो क्लब सही हुन्छ भन्ने मैले सोचे । म च्याम्पियन्स लिगमा उत्कृष्ट प्रदर्शन गर्न चाहन्छु । यस्तै, प्रिमियर लिग अन्य दुई प्रतियोगिताहरुमा पनि ।’